शिवलिंगलाई शिवको निराकार स्वरुपको रुपमा पुजने गर्छ । शिवलिंगमा शिव र शक्ति दुवै समाहित भएको हुन्छ । त्यसैले शिवलिंग को मात्र पूजापाठ गर्दा पनि दुबैको पूजा पुरा हुने बिश्वास चलिआएको छ ।
शास्त्रमा शिवलिंगको पूजा गर्ने बिधिबारे विभिन्न तरिका बाट वर्णन गरिएको छ । यसमा वर्णन गरे अनुसार, नर्मदेश्वर शिवलिंग, स्वयंभू शिवलिंग अथवा जेनेऊधारी शिवलिंग, सुनको शिवलिंग, चांदीको शिवलिंग वा पारदर्शि शिवलिंग को पूजा विशेष महत्व का साथ राखिएको छ । शिवा पुराणमा, शिवलिंगाको बारेमा महत्वपूर्ण चीजहरु वर्णन गरिएको छ । जसमा यसको स्थापना र उपासनामा विशेष महत्वका साथ राखिएको छ ।
पूजाका महत्त्वपूर्ण कुराहरु :
१. शिवलिंगको पूजा गर्नु शिवको पूजाको लागि सबैभन्दा महत्त्वपूर्ण छ।
२. शिवलिंग घरमा विभिन्न तरिकामा स्थापित हुन्छ भने मन्दिरमा फरक तरिका बाट हुने गर्छ ।
३. कहीं कतै शिवलिंग स्थापना गर्नु अघि, यसको मुख उत्तर दिशामा छ कि छैन भन्ने कुरालाई ध्यान दिन आवश्यक हुन्छ ।
४. घरमा राखिएको शिवलिंग धेरै ठूलो हुनु हुँदैन । अधिकतम ६ इन्च हुनु पर्दछ ।
५. मन्दिरमा शिवलिंगको स्थापनाको लागि कुनै सिमित संख्या तोकिएको छैन,जति धेरै राख्यो त्यतिनै राम्रो मानिन्छ ।
६. विशेष उदेश्य अर्थात् आफ्नो मन् को कामना पुरा गर्नका निम्ति शिवलिंगको पूजा गर्ने गरिन्छ ।
शिवलिंगको पूजा गर्दा अर्पण गर्नुपर्ने चिजहरु:
१. शिवाजी को पूजामा पानी र बेलको विशेष महत्व रहन्छ ।
२. यी दुई चिजको प्रयोग गरेर भगवान शिवको पूजा विधिवत रुपमा सम्पन्न गर्न सकिन्छ।
३. यसबाहेक पुजाको लागि काँचो दुध ,उखुको रस र चन्दन को साथ भगवान शिवको अभिषेकको लागि राम्रो हुनेछ ।
४. शिवलिंगमा दुध ,पानी अथवा अन्य तरल पदार्थ अर्पण गर्दा धारो बनाएर अर्पण गर्नुपर्छ ।
५. शिवलिंगमा पूजा गर्दा जल चाडाउन जरुरि हुन्छ अन्यथा पूजा विधिवत रुपमा सम्पन्न भएको मानीदैन ।