काठमाडौँ : सुशान्त सिंह राजपूत केसलाई केही दिनदेखि ‘ड्रग एंगल’ बाट हेरिएको छ। रिया चक्रवर्तीले एक अन्तर्वार्तामा सुशान्तले मारिजुआना लिने गरेको बताएकी थिईन्। त्यस्तैगरी सुशान्तका असिस्टेन्टले सुशान्त आफ्नो स्वास्थ्यको बारेमा एकदमै सजग रहेको र सुशान्तको जीवनमा रियाको आगमन हुनु पूर्व ड्रग्स लिने नगरेको बताएका छन्।
हालै ऋचा चड्ढाले एक ट्वीट गर्दै मारिजुआनाको फाइदाहरु बताएकी छिन्। उनको ट्वीटलाई मानिसहरुले सम्भवत: सुशान्त सिंह राजपूतको मामिलासँग जोडेर हेरिरहेका छन्।
ऋचा चड्ढाले लेखेकी छिन् – जति बेला पूरा दुनियाँ मारिजुआनाको औषधीय फाइदाबारे थाहा पाइरहेका छन्, तर यहाँ यसलाई ड्रग्स भनिरहेका छन्। कृपया केही रिसर्च गर्नुहोला, सोमको यस उपहारको बेइज्जती गर्न बन्द गर्नुहोला। अज्ञानी मानिसहरुलाई हाम्रो सम्पदा वा आस्थामाथि अपमान गर्ने कुनै अधिकार छैन।
एक अर्को ट्वीटमा उनले भाङलाई भोलेनाथको प्रसाद बताएकी छिन्। उनले लेखेकी छिन् – ‘गाँजा अथर्ववेदमा वर्णित ५ पवित्र बिरुवा मध्ये एक हो। भाङलाई भोलेनाथको प्रसाद मानिन्छ, अनि महाशिवरात्रि र होलीमा यसको प्रयोगलाई कानुनी मानिन्छ। हाम्रो ग्रन्थमा गाँजाका अनेक सम्बन्धहरुबारे वर्णन गरिएका छन्। वास्तवमा इन्डिकाको शाब्दिक अर्थ भारतबाट भन्ने हुन्छ।’
रिचा चढ्ढाको यस ट्वीटमा एक ट्विटर युजरले प्रतिक्रिया दिँदै लेखेका छन् कि यदि उनी सुशान्तको केसको सम्बन्धमा यी सबै कुरा बोल्दै छिन् भने उनलाई यो थाहा होला कि रियाले सुशान्तको दिमागलाई प्रभावित गर्नको लागि गलत नियतले नशा दिएकी थिईन् जुन अपराध हो। जबकी एक अन्य युजरले लेखेका छन् कि गाँजाको धेरैऔषधीय गुण भएपनि अहिले यसको सेवन गैरकानुनी छ।
The time when the world is waking up to the medicinal benefits of marijuana, we have boomers frothing at the mouth shouting DRUGS! 🙄 Please do some research, stop insulting this gift of Soma. Ignorant people do not have the right to insult our heritage or faith. https://t.co/7UgWpgQmab
— TheRichaChadha (@RichaChadha) August 29, 2020