एजेन्सी – पतिले १२ वर्ष सम्म भोकै राखेको भन्दै बेलायतमा एक प्रताडित पत्नीले आरोप लगाएकी छन्। जीरो फिगरको लागि पतिले १२ वर्ष सम्म भोकै राखेको भन्दै ३२ वर्षीय कैथरीनले आरोप लगाएकी हुन्।
मैथ्यू हार्टलीले १२ वर्ष सम्म भोकै राखेको कारण आफू धेरै नै दुब्लो भएको कैथरीनको आरोप छ। धेरै दुब्लो भएपछि सार्वजनिक स्थानमा जाँदा ७ वटा सम्म कपडा लगाउन बाध्य भएको उनको दावी छ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार श्रीमानको यातना सहन नसकेर कैथरीनले प्रहरी समक्ष पुगेकी थिइन्। घरेलू हिंसाको मुद्दा दायर गरेता पनि लन्डनको अदालत Kilmarnock Sheriff Court ले मैथ्यूको पक्षमा सुनवाई गरेपछि कैथरीन उच्च अदालत जाने तयारीमा रहेको बताइएको छ।
कैथरीनको दावी छ की मैथ्यूले उनलाई घरमै कैद गरेर राख्ने गरेका थिए भने उनी माथि निगरानी राख्नको लागि सिसिटिभी समेत जडान गरिएको थियो।
“खानाको कुरा छाड्नुस्, खानाको वासना समेत म सम्म नाआइपुगोस् भन्ने मैथ्यू चाहन्थे। म यति दुब्लो भएको थिएँ की सुत्दा मेरो हड्ड बिझाएर म कहिले पनि राम्रोसँग सुत्न सक्दैनथें। “,अदालतमा आफ्नो दुख पोख्दै भनेकी थिइन्।
मिडिया रिपोर्टका अनुसार मैथ्यू र कैथरीन बीच सन् २००६ मा विवाह भएको थियो। विवाह गरेकै दिन देखि मैथ्यूले आफ्नो रुप देखाउन शुरु गरेको कैथरीनको आरोप छ। सन् २०१७ मै यी दुई बीच सम्बन्ध विच्छेद भएको थियो।