मेष राशि
आध्यात्मिक क्षेत्र तर्फ आकर्षण बढ्नेछ। कार्यक्षेत्रमा अधुरा रहेका काम पुरा हुने देखिन्छ। महिनाको प्रारम्भमा व्यापार क्षेत्रमा केहि समस्या आउनसक्छ तर महिनाको अन्त्यमा सुधार आउने देखिन्छ, लाभ प्राप्तिको योग पनि रहेको छ। भाग्य वृद्धि हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरि टाउको र आँखा सम्बन्धि समस्याले सताउन सक्छ। महिनाको मध्येमा भने खान-पानमा विशेष ध्यान राख्नुहोला। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनसक्छ।
वृष राशि
यो महिना व्यावासयोक जीवन सुधार गर्नको लागि केहि योजना बनाउन जरूरी देखिन्छ। अत्यधिक क्रोध स्वास्थ्यको लागि राम्रो हुने छैन, क्रोध नियन्त्रणमा राख्नुहोला। कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। विदेशी उत्पादनको कारोबार गर्ने व्यक्ति १६ तारिक सम्म सावधान रहनु पर्ने देखिन्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूले उच्च शिक्षामा राम्रो सफलता प्राप्त गर्नेछन्। स्वास्थ्यमा समस्या आउनसक्छ। प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ।
मिथुन राशि
यो महिना आत्मविश्वास बढ्नेछ। विगतमा अफिसमा गरेको कडा परिश्रमले राम्रो नतिजा दिनेछ। वित्तय कार्यमा पनि सफलता मिल्नेछ। विद्यार्थीहरू जो कला क्षेत्रसँग सम्बन्धित छन्, विशेष सफलता मिल्ने सम्भावना रहेको छ। सवारी चलाउँदा, उचाईमा काम गर्दा सचेत हुनुहोस्, चोटपटक लाग्ने सम्भावना छ। महिनाको अन्त्यमा स्वास्थ्यमा सुधार आउनेछ। स्थायी सम्पतिको बारेमा केहि महत्वपूर्ण निर्णय लिनुहुनेछ।
कर्कट राशि
खर्चमा नियन्त्रण गर्नुहोला, अन्यथा आर्थिक समस्याले सताउन सक्छ। आधिकतिक कार्यभार अत्याधिक रहनेछ। त्यसतै महिला सहकर्मीसँग सम्बन्ध राम्रो कायम राख्नुहोला। शेयर बजारसँग सम्बन्धित व्यवसाय गर्नेहरूले कानुनी क्षेत्रबाट सावधान रहनुपर्नेछ। शारीरिक हिसाबले आलस्यता छाउनेछ। आँखा सम्बन्धि समस्या पनि आउनसक्छ। सन्तानको भविष्यलाई लिएर मन चिन्तित रहन सक्छ।
सिंह राशि
महिनाको सुरुमा सामाजिक दयारा बढ्नेछ भने अत्यधिक यात्रा गर्नुपर्नेछ। निजी क्षेत्रमा कार्यरत व्यक्तिहरूको पदोन्नतीको सम्भावना छ, सरकारी रोजगारीमा जोडिएका व्यक्तिहरूले पनि राम्रो समाचार प्राप्त गर्ने देखिन्छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि यो महिना अत्यन्त उत्तम रहेको छ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ। ढाड सम्बन्धि समस्याले सताउन सक्छ।विदेशी कम्पनीसँग जोडिएका व्यापारीले विशेष लाभ प्राप्त गर्नेछन्।
कन्या राशि
कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। वित्तीय कम्पनीहरूमा काम गर्नेहरूको लागि यो महिना अत्यन्त शुभ रहेको छ। व्यापार क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। साथी-भाईबाट भरपूर सहयोग मिल्नेछ। यात्राको योग बन्ने देखिन्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहन सक्छ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनसक्छ।
तुला राशि
तपाईंको आत्मविश्वास र पराक्रम बढ्नेछ। जटिल कार्य पनि सरलताका साथ पूरा हुनेछ। कर्मप्रति वफादार रहेर सम्पूर्ण ध्यान कार्यहरूमा केन्द्रित गरी वर्तमान समयमा गरिएको कडा परिश्रमले भविष्यमा राम्रो परिणाम ल्याउनेछ। व्यापर क्षेत्रमा समय अनुकूल छैन। विद्यार्थी वर्गको लागि पनि समय अनुकूल नरहला। पेट सम्बन्धि समस्या आउनसक्छ। वैवाहिक जीवनमा खटपट हुनसक्छ।
वृश्चिक राशि
आकस्मिक धन लाभको योग रहेको छ। अधुरा रहेका कार्यहरु पूरा हुने सम्भावना रहेको छ। शेयर बजारबाट नाफाको प्रबल सम्भावना छ।समय मिडिया र फिल्म क्षेत्रका व्यक्तिको लागि समय लाभदायक छ। परिवारका सदस्यहरूसँग खुशीसाथ समय बित्नेछ। प्रेम सम्बन्धमा अनावश्यक शंका सम्बन्धमा समस्या पैदा गर्न सक्छ।
धनु राशि
यस महिना धनु राशि हुनेको लागि शुभ रहनेछ। धर्म कर्ममा रुचि बढ्नेछ र लाभ पनि मिल्ने सम्भावना छ। हतारमा आधिकारिक काम गर्दा गल्ती हुन सक्छ। व्यापार क्षेत्रबाट आर्थिक लाभ मीने देखिन्छ। विद्यार्थी वर्गको लागि यो महिना सामान्य रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। घर पुनर्निर्माणको लागि समय उपयुक्त छ। दाम्पत्य जीवनमा सुधार आउने देखिन्छ।
मकर राशि
धर्म कर्ममा मन लाग्नेछ। व्यापार व्यवसाय क्षेत्रमा केहि सावधान रहनु पर्ने देखिन्छ। कलात्मक तथा लेखन क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। सैन्य क्षेत्रमा जाने योजना बनाउनु भएको छ भने समय अत्यन्त ऊतम रहेको छ। यो महामारी बारे सावधान रहन सल्लाह दिइन्छ। आमा र आमा बराबरको साथसँग समय बिताउनुहोस्। प्रेम प्रसंगमा समय राम्रो छ। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल रहने छैन।
कुम्भ राशि
यस महिनामा बोली र व्यवहारमा नम्रता रहनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठामा आँच आउनसक्छ, सतर्क रहनुहोला। स्वास्थ्यमा लामो समयदेखि चल्दै आएको गम्भीर समस्याको निदान हुनेछ। पदोन्नतीको योग रहेको छ। महिनाको अन्तिममा भने वाहन खरिद बिक्रि गर्न शुभ समय रहेको छैन। महिनाको मध्यबाट प्रेम सम्बन्धमा समस्या आउनसक्छ।
मीन राशि
यो महिना वाणी तथा क्रोधमा संयम राख जरूरी देखिन्छ। करयक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। शिक्षा क्षेत्र सम्बन्धित व्यक्तिहरूले प्रगतिको अवसरहरू प्राप्त गर्नेछन्। यात्रा सम्बन्धि र होटल व्यवसायमा बिस्तार हुनेछ। विद्यार्थी वर्गको लागि यो महिना अत्यन्त शुभ रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। प्रेम सम्बन्धमा मनमुटावको अवस्था आउनसक्छ।