अरुण ग्रहको बारेमा त सबैले सुनुकै होला, यसलाई यूरेनस पनि भनिन्छ। यो व्यास हिसाबले सौर्यमण्डलमा तेस्रो ठूलो ग्रह हो र यसको द्रव्यमान चौथो ठूलो हो। यो टेलिस्कोपले पत्ता लगाएको सौर्यमण्डलको पहिलो ग्रह हो। अरुण ग्रहक बारेमा केहि रोचक तथ्यले तपाईंलाई चकित पार्नेछ।
- तपाईलाई यो जानेर अचम्म लाग्ला कि अरुण ग्रहमा ४२ वर्षको दिन र ४२ वर्षको रात हुन्छ। यसको कारण यो हो कि अरुणमा दुईवटा ध्रुव मध्ये एउटा ध्रुव ४२ वर्षसम्म सूर्यको अगाडि रहन्छ भने अर्को अन्धकारमा रहन्छ।
- अरुण आफ्नो अक्षमा ९८ डिग्रीमा झुकेको छ। यही कारण हो कि यहाँको मौसम असामान्य छ। यहाँ सधैं आँधीबेहरी जस्तो वातावरण हुन्छ। यहाँ बतास धेरै तेज चल्छ, अधिकतम गति प्रति घण्टा ९०० किमीसम्म पुग्छ।
- अरुण अर्थात् यूरेनस लगभग १७ घण्टामा आफ्नो अक्षमा एक राउन्ड पूरा गर्छ। यसको मतलब यो हो कि यूरेनसको दिनमा १७ घण्टा मात्र हुन्छ। यहाँको एक वर्ष पृथ्वीको ८४ वर्ष बराबरको हुन्छ।
- अरुण ग्रह सूर्यबाट करीव तीन अरब किलोमिटर टाढा छ। यहि कारण हो कि यो ग्रह धेरै चिसो छ। यहाँको औसत तापमान -१९७ सेन्टिग्रेड छ। वैज्ञानिकहरूका अनुसार अरुणको न्यूनतम तापक्रम -२२४ डिग्री सेल्सियस मानिएको छ।
- जहाँ पृथ्वीको केवल एक मात्र उपग्रह छ; चन्द्रमा, अरुण ग्रहको कुल २७ प्राकृतिक उपग्रह छन्।
- सूर्यबाट अधिक दूरीमा रहेको कारण सूर्यको किरणहरू यस ग्रहमा पुग्न दुई घण्टा ४० मिनेट लाग्छ। यो पृथ्वी भन्दा २० गुणा बढी हो। सूर्यको किरणहरू पृथ्वीमा पुग्न आठ मिनेट र १७ सेकेन्ड लाग्छ।