प्राय: मानिसको बिहान उठ्ने बित्तिकै चिया पिउने बानि हुन्छ। तर के तपाईंलाई थाहा छ कि यो बानि निकै खराब हो भनेर? खाली पेटमा चिया पिउनु निकै हानिकारक हुनसक्छ। बिहान खाली पेट चिया पिउँदा स्वास्थ्यमा कस्तो हानि हुन्छ त ? जान्नुहोस्…
पाचन प्रणालीमा समस्या
बिहान सबेरै उठ्ने बित्तिकै खाली पेटमा चिया पिउँदा पाचन प्रणाली सम्बन्धि समस्या उत्पन्न हुन्छ। वास्तवमा गट ब्याक्टेरियाले पाचन प्रणालीलाई मजबूत राख्न मद्दत गर्छ। तर खाली पेट चिया पिउँदा गट ब्याक्टेरिया नोक्सान हुन्छ, जसको कारण पाचन प्रणाली सम्बन्धि समस्या देखा पर्न थाल्छ।
मुख गनाउने समस्या
बिहान खाली पेट चिया पिउँदा मौखिक स्वास्थ्यलाई पनि नोक्सान गर्छ, जसको कारण हाम्रो मुखबाट दुर्गन्ध आउँन लाग्छ। यदि तपाईं पनि बिहान खाली पेटमा चिया पिउनु हुन्छ भने, आजबाट यो बानी बदल्नुहोस्।
पिसाब सम्बन्धि समस्या
यदि तपाईको पनि बिहान खाली पेटमा चिया पिउने बानी छ भने तपाईलाई धेरै पिसाब लाग्न थाल्छ। धेरै पिसाब लाग्दा शरीरमा पानीको अभाव हुन थाल्छ। जसको कारण शरीरमा धेरै समस्याहरूको सामना गर्नु पर्छ।
पेट सम्बन्धि समस्या
चियामा क्याफिन हुन्छ र क्याफिनको साथ दिनको सुरुवात गर्नु हाम्रो शरीरको लागि राम्रो हुँदैन। बिहान खाली पेटमा चिया पिउँदा पेट राम्रोसँग सफा हुँदैन जसको कारण बिरामी हुने खतरा बढी हुन्छ। स्वस्थ रहनका लागि पेट सफा हुनु निकै महत्त्वपूर्ण हुन्छ।
एसिडिटीको समस्या
बिहान खाली पेट चिया पिउँदा एसिडिटीको समस्या बढ्न सक्छ। यदि तपाईंलाई बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउने शोक छ भने, यस बानीलाई अबदल्नुहोस्।