काठमाडौँ- जीवनभर सँगै जिउने र मर्ने कसम खाएर विवाह गरेता पनि परिस्थितिले कहिले काहीं श्रीमान-श्रीमती बीच दूरी पैदा गरिदिन्छ। यहि दूरीको कारण श्रीमान-श्रीमती बीच सम्बन्ध विच्छेद समेत हुने गर्छ। विभिन्न परिस्थितिको कारण श्रीमानसँग डिभोर्स गरेका नेपाली नायिकाहरुको बारेमा हामी यस लेखमा चर्चा गर्नेछौं।
-रेखा थापा
नेपाली चलचित्र क्षेत्रमा बोल्ड नायिकाको छबि बनाएकी रेखाले १६ बर्सको कलिलै उमेरमा चलचित्र निर्देशक् छविराज ओझासंग विवाह गरेकी थिइन्। करिब १० /११ बर्षको सम्बन्ध पश्चात रेखा र छविको वैवाहिक सम्बन्ध टुटेको हो। हाल रेखा एक्लो जीवन बिताई रहेकी छिन् । छवि भने अहिले शिल्पा पोख्रेलसँग प्रेममा छन्। उनले विवाह समेत गरिसकेको बताइन्छ।
-अन्जुं पन्त
अन्जु पन्त, नेपाली गीत संगीतको क्षेत्रमा एक उर्जाशील नाम हो। अन्जु पन्तले विभिन्न चलचित्रमा समेत आफ्नो आवाज दिइसकेकी छिन्। साथै आधुनिक गीत संगीतको क्षेत्रमा समेत उनले सयौ गीतहरु गाइसकिन् । अन्जुको पनि गायक तथा संगीतकार मनोज राज सिवाकोटीसँग सामान्य मन मुटावक कारण सम्बन्ध विच्छेद भएको थियो। अन्जु हाल छोरीको साथमा बस्दै आएकी छिन् । मनोजराजले पनि अर्को बिहे गरेर बसेका छन्।
-रीमा बिश्वकर्मा
डिभोर्स भैसकेका सेलिब्रेटी भित्र रिमा विश्वकर्माको नाम पनि आउँछ। केहि वर्ष अगि देखि रीमा र रोबेर्ट प्रेम सम्बन्धमा थिए र उनीहरुले उक्त सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर सो सम्बन्ध लामो समयसम्म टिक्न सकेन र अन्तत: उनीहरुको डिभोर्स भयो । रीमा श्रीमानको साथमा यु.के मा बस्दै गर्दा सम्बन्ध बिग्रिएको थियो। उनि हाल नेपालमा छिन। रोबेर्ट भने मोडल वर्षा रसाइलीसँग इन्गेग्मेन्ट गरेका छन्।
-मिलन अमात्य
नेपाली सांगीतिक क्षेत्रकी गायिका मिलन अमात्यले पनि आफ्नो पति मेन्सन अमात्यसँग डिभोर्स गरेकी थिइन्। डिभोर्सको कारण के हो भन्ने कुरा न मेन्सन न त् मिलनले नै खुलाएका छन्। यस बारे दुवै जना मौन रहेकाले गर्दा पनि उनीहरुको डिभोर्सको कारण अहिले सम्म पनि रहस्यमै रहेको छ।
-सुस्मिता के सी
अभिनेता भुवन केसीकी श्रीमती सुस्मिता केसी पनि डिभोर्स गर्ने सेलिब्रेटीको लिस्टमा पार्छिन्। बिगत लामो समय सम्मसँगै बसेका भुवन र सुस्मिताले अन्तत अलग भएका थिए। नेपाली युवायुवतीहरुको मुटुको ढुकढुकी युवा स्टार अनमोल केसी भुवन र सुस्मिताका छोरा हुन्। सुस्मिता हाल आफ्नो एक्लो जीवन बिताईरहेकी छिन्।
-संचिता लुइँटेल
अभिनेत्री संचिता लुइँटेलको पनि पहिलो विवाह सफल रहन सक्ने। उनले आकाश शाहसँग विवाह गरेकी थिइन् तर अभिनेता निखिल उप्रेती संगको प्रेमका कारण संचिता र आकासको सम्बन्ध बिच्छेद भएको थियो। हाल संचिता २ सन्तानका साथमा निखिलसँग रहदै आएकी छिन।
-गौरी मल्ल
नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय कलाकार हुन् गौरी मल्ल। गौरी पनि हाल आफ्नो पूर्व-पति प्रज्वल भण्डारीसँगको सम्बन्ध विच्छेद पश्चात एक्लो जीवन बिताई रहेकी छिन। साथै गौरी पछिल्लो समयमा न्युज २४ मार्फत प्रसारण हुने कार्यक्रम ‘आमा’ कि कुशल कार्यक्रम संचालिका समेत हुन्।
-प्रियंका कार्की
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अत्याधिक व्यस्त अनि सफल नायिकाको प्रियंका कार्कीको पहिलो विवाह सफल हुन सकेन। प्रियंकाले रोचक मैनालीसँग विवाह गरेको करिब २ वर्षपछी डिभोर्स गरेकी थिइन्। प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँगको लामो प्रेम सम्बन्ध पश्चात विवाह गर्ने भएकी छिन्।
-मौसमी मल्ल
नेपाली सिनेमा क्षेत्रमा माम चलेकै नाम हो, मौसमी मल्ल। मौसमीले एक पटक मात्र होइन दुई-दुई पटक डिभोर्स गरेकी छिन । पहिले धन बिक्रम मल्ल र दोश्रोमा रवि डंगोल दुवैसँगको सम्बन्ध विच्छेद पश्चात मौसमी पनि एक्लो जीवन बिताईरहेकी छिन।
-अरुणिमा लम्साल
कुनै एक समयमा अभिनेत्री अरुणिमा लम्साल नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सफल नायिकाको रुपमा स्थापित थिइन्। उनको पनि विवाह गरेको १२ बर्ष पछि आफ्ना पति अमित अर्यालसँग डिभोर्स भएको थियो। अमितले आफ्नो बन्धनमा राख्न खोजेको भन्दै अरुणिमाले अन्तत स्वतन्त्र भई बाँच्ने निर्णय गरेकी थिइन्। अरुणिमाको एक छोरी पनि रहेकी छिन्।