काठमाडौँ : लगातारको अविरल वर्षाका कारण घर भत्किँदा १ जनाको मृत्यु भएको छ ।
शनिबार राती अविरल वर्षाले गुल्मीको कालीगण्डकी गाउँपालिका- ७ छापचौरका बिष्णु परियारको घर भत्किँदा सोही वडाका १३ वर्षीय पुन्य परियारको ज्यान गएको हो ।
घर भत्किँदा दिदिको घरमा रोपाई गर्न आएका भाई (पुन्य) को ज्यान गएको र दाजु पर्ने ३५ वर्षीय यम परियार घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन घलेले जानकारी दिए ।
उनका अनुसार घटनामा बिष्णु परियारकी ३३ बर्षकी श्रीमती खिमा परियार, १२ बर्षका छोरा साजन परियार, १० महिनाकी छोरी सोनी परियार, र बर्ष ३४ की भेष कुमारी परियार घाइते भएका छन् ।
उनीहरु सबैको लुम्बिनी मेडकिल कलेज प्रभास, पाल्पा उपचार भइरहेको छ भने भेषकुमारी र खिमा परियारको अवस्था गम्भिर रहेको बताइएको छ ।