कतिपय मानिस रात-रातभर जाग्छन्। यसको अर्थ केहि मानिस राति ढिला सुत्ने गर्छन्। तर यो बानी राम्रो होइन। राति ढिलोसम्म नासुत्दा थुप्रै समस्याले सताउन सक्छ। यस्ता समस्याले हाम्रो शरीरलाई शारीरिक तथा मानसिक दुबै तरिकाले हानि गर्छ। त्यसैले समय मै सुत्नु निकै महत्वपूर्ण हुन्छ।
राति समय नासुत्दा कस्ता समस्या आउनसक्छ त ?
कपाल फुल्ने
पर्याप्त रूपमा निन्द्रा नपुग्दा छिटै कपाल फुल्ने समस्या आउनसक्छ। यदि तपाईं आफ्नो कपाल छिटै नफुलोस् भन्ने चाहनुहुन्छ भने राति समय मै सुत्ने बानी बसाल्नुहोस्।
नङ खराब हुने
कतिपय मानिसको नङ भाँचिने, क्रयाक हुने, नङ खस्ने जस्ता समस्या हुन्छ। यो समस्या निन्द्राको कमीको कारण उत्पन्न हुने गर्छ। यस्तो समस्या समयमा नासुत्नाले उत्पन्न हुन्छ।
डार्क सर्कल
राति समयमा नासुत्दा र पर्याप्त निन्द्रा नहुँदा आँखा मुनि डार्क सर्कल पर्ने गर्छ। यो कुरा सायद सबैलाई नै थाहा होला।
डण्डीफोर
पर्याप्त निन्द्रा नपुग्दा अनुहारमा डण्डीफोर आउन थाल्छ। त्यसैले तपाईं आफ्नो अनुहार सफा र डण्डीफोर रहित राख्न चाहनुहुन्छ भने समय मै सुत्नुहोस्।
कपाल झर्ने समस्या
समयमा नासुत्नु र पर्याप्त निन्द्राको अभावको कारणले कपाल झर्ने समस्या निम्तिन सक्छ। निद्र पूरा नहुँदा तपाईंको कपाल बिस्तारै बिस्तारै झरना सुरु हुन्छ।
मानसिक तनाब
मानसिक सन्तुलनको लागि पूरा निन्द्रा अत्यावश्यक हुन्छ। यदि तपाईं समयमा सुत्नु हुँदैन, निन्द्रा पर्याप्त पुगेन भने तपाईंमा मानसिक रूपले समस्या आउनसक्छ।