काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु भएपनि सडकमा सवारी साधन बढ्दै गएका छन । निषेधाज्ञाको अल्लघंन गरेर सडकमा निस्किने सवारी साधन बढेसँगै थप कडाई गर्ने तयारी गरिएको छ।
निषेधाज्ञाको अल्लघंन गरी अनावश्यक रुपमा सडकमा निस्किनेलाई अब पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ५०० देखि १५०० सम्मको जरिवाना ट्राफिक प्रहरीको कार्यालयले नै हेर्ने छ भने त्यस भन्दा बढी जरिवाना गर्नुपर्ने भए सम्बन्धित निकायमा पठाइने छ।
निषेधाज्ञाको समयमा अनावश्यक रुपमा सडकमा ननिस्किन गरिएको आग्रह जनस्तरबाट पालना नभएका कारण थप कडाई गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले बताए।
आजबाट राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीले ‘ट्राफिकको उल्लंघन गरेमा रु १०, ००० सम्म जरिवाना हुनेछ’ लेखेको प्ले कार्ड लिएरै ड्युटीमा खटिएका छन्।