काठमाडौंसहित नेपालका यी चार जिल्ला कोरोनाको हटस्पट बन्ने देखियो !

काठमाडौं । काठमाडौंसहित चार वटा जिल्ला कोरोनाको हटस्पट बन्ने संकेत मिलेको विज्ञहरुले बताएका छन् । उनिहरु नागरिकबाट थप सचेतना नअपनाए ति जिल्लामा स्थित थप भयंकर हुने चेतावनी दिएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

विज्ञका अनुसार काठमाडौं, पर्सा, रौतहट र सर्लाहीमा हटस्पट बन्नेतर्फ अग्रसर रहेको बताएका हुन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार मंगलबारसम्म काठमाडौंमा ४ हजार ४८९, पर्सामा १ हजार २०७, रौतहटमा ७८९ र सर्लाहीमा १ हजार १०३ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो समय संक्रमितको दर दिन प्रतिदिन बढ्दो क्रममा छ । काठमाडौंमा ३९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् । काठमाडौंमा दैनिक संक्रमित ठुलो संख्यामा थपिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभरका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको संकेत प्राप्त भएको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ । मंगलबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता जागेश्वर गौतमले काठमाडौं, ललितपुर, रौतहट, सर्लाही, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, र रुपन्देहीमा संक्रमितको संख्या पाँचसय भन्दा माथि रहेको बताए । उक्त तथ्यांकलाई विश्लेषण गर्दै मिडिया ब्रिफिङमा मन्त्रालयले आमन्त्रित गरेका जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीले प्रवक्ता गौतमले भनेका १२ वटा जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको संकेत मिलेको बताएका हुन् । उनले ती १२ वटा जिल्लामा रहेका संक्रमितको संख्या कुल संक्रमितको ७३ प्रतिशत रहेको भन्दै समुदायस्तरमा फैलिसकेको भन्न मिल्ने तर्क गरे । उनले ती १२ वटा जिल्लामध्ये पनि १००० भन्दा माथि कोरोना संक्रमित रहेका ४ वटा जिल्ला कोरोनाका ‘हटस्पट’ बनिसकेको बताए ।

जनस्वास्थ्य विज्ञ तिवारीले संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरालाई बढाउनु पर्ने सुझाव दिए । उनले पछिल्लो समय मृ-त्यु हुनेमा वृद्धहरूको संख्या धेरै भएको र संक्रमण पनि वृद्धहरूलाई नै बढी देखिएको बताए । उनका अनुसार नेपालमा पहिला विदेशबाट आउने व्यक्तिहरुमा (आयातित) संक्रमण बढी देखिएको थियो तर अहिले ९६ प्रतिशत स्थानीयमा संक्रमण देखिएको छ । उनले पछिल्लो समय ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ९६ प्रतिशत रहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित : बुधबार, भदौ १७, २०७७०४:२५

‘महाभूल’ नगर्न ओलीलाई प्रचण्डको चेतावनी !