जनकपुरमा एक महिलाले जन्माइन् चम्ल्याहा !

काठमाडौँ – जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलबार एकैपटक ४ सन्तान जन्माएकी हुन्।

अरमाना प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएको र स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत चार सन्तान निकालेको बताएको छ।

जन्मिएका सन्तानहरुमा ३ छोरी र १ छोरा रहेका छन्। अस्पतालले दिएको जानकारी अनुसार छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ।

शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको अस्पतालको भनाई छ। श्वासप्रश्वासमा समस्यामा देखिने हुँदा शिशुहरुलाई निरन्तर निगरानीमा राखिएको छ।

४ सन्तान जन्माएकी अरमानाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएका कारण उनलाई भेन्टिलेटरमा राखिएको छ।

उनको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइसकिएको छ।

प्रकाशित : बुधबार, भदौ १७, २०७७०५:४१

विषालु सर्प पाल्न ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई रु ७२ करोड !