दुनियाको यस्तो अनौठो टापु, जहाँ जान कोरोना लागेर ठिक भएका मानिसलाई मात्र छ अनुमति !

कोरोना भाइरसको कारण अहिले विश्व नै त्रसित छ। यस भाइरसको कारण विश्वभर लाखौं मानिसको ज्यान गइसकेको छ। त्यस्तै थुप्रै सङ्ख्यामा संक्रमित निको पनि भएका छन्।

कोरोना त्रासको कारण सबै क्षेत्र प्रभावित भएको छ। त्यसमै पर्छ पर्यटन क्षेत्र पनि। अब भने बिस्तारै बिस्तारै यी क्षेत्र खुल्न थालेका छन्। संसार कै आकर्षण पर्यटन क्षेत्र मध्य एकमा पर्छ ब्राजिलको फर्नान्डो डे नोरोन्हा टापु। तर यो कुरा सुनेर तपाईं छक्क पर्न सक्नुहुन्छ यो टापुमा जनाको लागि कोरोना संक्रमित भएर निको भएको हुनु पर्छ।

पछिल्लो ५ महिना देखि बन्द रहेको यो टापु अब यो सर्तका साथ १ सेप्टेम्बरबाट खुल्ला भएको छ। अब यहाँ सिमित सङ्ख्यामा मात्र पर्यटक आउन सक्छन्। अधिकारीका अनुसार कोरोना लागेर संक्रमण मुक्त भएका मानिस मात्र यहाँ आउन पाउने छन्। यस टापुमा आउने पर्यटकले आफूसँग कोरोना पोजिटिभ आएको र नेगेटिभ आएको दुबै रिपोर्ट लिएर आउनु पर्छ र उक्त रिपोर्ट २० दिन भन्दा कम पुरानो हुनु पर्नेछ।

ब्राजिलमा स्थति फर्नान्डो डे नोरोन्हा टापुको आसपास अन्य साना-साना २० टापू छन्।  यो टापुको कुल क्षेत्रफल २८.४ वर्ग किमी रहेको छ। यो टापुको निर्माण ज्वालामुखिया चट्टानबाट भएको विश्वास छ। यसलाई यूनेस्कोले विश्व धरोहर स्थल घोषणा गरेको छ। अहिले यो टापुमा दैनिक ४२० पर्यटक मात्र आउन पाउने बताईएको छ।

प्रकाशित : बुधबार, भदौ १७, २०७७१३:१९

अस्पतालको बिल तिर्न नसकेपछि जब आफ्नै नवजात शिशु बेच्न बाध्य पारियो !