मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि ह्वातै बढ्यो बिक्री वितरण !

डोटी – कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा म-दिरा बिक्री वितरण भइरहेको छ । म-दिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । म-दिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा म-दिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।

कोरोनाबाट जोगिन भन्दै म-दिरा नपिउनेहरुले पनि हिजोआज म-दिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए। उनले भने, “म-दिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा म-दिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत घट्न थालेका छन् ।” म-दिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन ।

म-दिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घटना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा म-दिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ । गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण म-दिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने म-दिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । म-दिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै म-दिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् । जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित म-दिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताए। उनले भने, “बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम म-दिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौती थपिएको छ ।”

म-दिरा सेवनका कारण ठूलै घटना नभएपनि सामान्य घटनाहरु दैनिक जसो गाउँमा घट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए। उनले भने, “प्रहरीको सामुन्ने कसैले पनि म-दिरा बेच्दैनन, प्रहरी नभएको बेला म-दिरा बिक्री भइरहेको छ ।” यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा म-दिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा म-दिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले म-दिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र म-दिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत म-दिरा कारोबार भइरहेको पाईएको छ । जिल्ला सदरमुकाममा म-दिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध म-दिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो म-दिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ ।

उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा म-दिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे। उनले भने, “अबैध म-दिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनाँै, पहिलेभन्दा अहिले म-दिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध म-दिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।”

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०३:५३

हिजो घटेको सुनको मूल्य आज पनि घट्यो !