ग्रहचक्रमा बुध ग्रहले गर्यो ठूलो परिवर्तन, अब यी राशिलाई लाभ !

बुध कन्या राशिमा प्रवेश गरिसकेको छ। यो कन्या राशिमा २२ सेप्टेम्बर साँझ ६ बजेर ५४ मिनेटसम्म रहनेछ। त्यसपछि तुला राशिमा प्रवेश गर्नेछ। कन्या राशिको स्वामी ग्रह पनि बुध नै हो। कुनै पनि ग्रहको आफ्नो स्वराशिमा प्रवेश निकै लाभकारी हुन्छ। कन्या राशिमा बुधको गोचरले सबै १२ वटै राशिमा प्रभाव पार्छ।

मेष राशि 

स्वास्थ्यमा अनुकूल प्रभाव पर्नेछ। आफन्तसंग मदभेद हुने सम्भावना छ। यो समयमा आर्थिक लेन-देन नगरेकै राम्रो हुनेछ। खर्चमा वृद्धि हुनेछ। यस समयमा कुनै शुभ समाचार मिल्न सक्छ। अनावश्यक क्षेत्रमा खर्च गर्नबाट बच्नुहोला।

वृष राशि 

सन्तानबाट लाभ मिल्न सक्छ। प्रेम जीवनमा आनन्द मिल्नेछ। उच्च शिक्षा लिँदै गरेका विद्यार्थीको लागि समय अत्यन्त शुभ रहेको छ। आयका स्रोत बढ्नेछन्। कार्यक्षेत्रमा उच्च पदाधिकारीको भरपूर साथ मिल्नेछ।

मिथुन राशि 

धन लाभको योग रहेको छ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। घर जग्गा तथा वाहन खरिद गर्नको लागि समय उत्तम रहेको छ। मित्र तथा आफन्तको भरपूर सहयोग मिल्नेछ। नयाँ कार्यको आरम्भ गर्नको लागि समय शुभ छ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट राशि 

साहस तथा पराक्रममा वृद्धि हुनेछ। प्रयास गरेका हरेक कार्य सफल हुनेछन्। परिवारका अग्रजसंग मदभेद हुनसक्छ। आर्थी लेन-देन गर्नको लागि समय उत्तम छैन। धर्म-कर्ममा रुचि बढ्नेछ। दाजु-भाईको सम्बन्धमा सुधार आउनेछ।

सिंह राशि 

आर्थिक पक्ष मजबूत रहनेछ। तपाईको बलीले अरु मानिस प्रभावित हुनेछन्। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल नरहला। घर जग्गा तथा वाहन खरिद गर्नको लागि समय उत्तम रहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ।

कन्या राशि 

बोल्ने कुशल शैलीको कारण मानिस प्रभावित हुनेछन्। कार्यक्षेत्रमा विशेष सफलता मिल्ला। सामाजिक मान-सम्मान बढ्नेछ। वैवाहिक जीवनमा खुसीयाली छाउनेछ। यस समयमा नयाँ कार्य प्रारम्भ गर्दा सफल हुनेछ।

तुला राशि 

खर्चमा वृद्धि हुनेछ। अत्यधिक भागदौड गर्नु पर्दा शारीरिक थकानको महशुस गर्नुहुनेछ। व्यर्थको झै-झगडामा नपर्नुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। वैदेशिक क्षेत्रका लागि आवेदन दिन पनि समय उत्तम रहेको छ।

वृश्चिक राशि 

आयाम वृद्धि हुनेछ। घर परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान राख्न जरूरी देखिन्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवादको स्थिति सिर्जना हुनसक्छ, सतर्क रहनुहोला।

धनु राशि 

घर जग्गा तथा वाहन खरिद गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। मित्र तथा आफन्तको साहयोग मिल्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त होला।

मकर राशि 

भाग्य वृद्धिको योग रहेको छ। धार्मिक कार्यमा तपाईंको संलग्न बढ्नेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। पदोन्नतीको योग रहेको छ। वैदेशिक क्षेत्रमा आवेदन दिनको लागि समय शुभ रहेको छ। लामो यात्राको योग बन्नेछ।

कुम्भ राशि 

मान-सम्मानमा वृद्धि हुनेछ। स्वास्थ्यको नजरले गोचर निकै प्रतिकूल साबित हुनेछ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। आफन्तजनसंग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

मीन राशि 

वैवाहिक जीवन सुखपूवर्क बित्नेछ। सरकारी क्षेत्रको सेवाको लागि आवेदन दिनको लागि समय अत्यन्त शुभ रहेको छ। वैवाहिक छलफल सफल रहने देखिन्छ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१६:१३

१८ महिनापछि केतुले बदल्दै छ आफ्नो चाल, कुण्डलीमा कस्तो प्रभाव पर्छ त ? जान्नुहोस् !