प्लेन भित्र गर्मी भएपछि महिलाले उठाइन् यस्तो कदम, सबै चकित परे ! [भिडियो]

सामाजिक संजालमा अहिले युक्रेनकी एक महिलाको भिडियोले निकै चर्चा बटुलिरहेको हो। यी महिलाले प्लेनको यात्राको क्रममा जे गरिन्, जसले हर कोहिलाई चकित पार्यो। वास्तवमा, टर्कीबाट उडान भरेको प्लेन जब युक्रेनको एयरपोर्टमा अवतरण गरियो तब एक महिला आपतकालीन झ्यालबाट बाहिर निस्केर प्लेनको विंगमा बसेर हावा खान थालिन्। उक्त महिलाले बताईन् कि उनलाई गर्मी भएको कारणले उनी बाहिर आएकी हुन्।

https://www.instagram.com/p/CEkEaFmpZam/?utm_source=ig_embed&utm_campaign=loading

ती महिला टर्कीमा आफ्नो छुट्टी मनाएर फर्कदै थिईन्। जब युक्रेनको किभमा बिमान अवतरण भयो उनलाई प्लेन भित्र गर्मी महशुस हुन लाग्यो। यस्तोमा उनले आपतकालीन द्वार खोलेर प्लेनको विंगमा बसेर हावा खान लागिन्। यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सले यस घटना पछि उक्त महिलालाई कालोसूचीमा राखेको छ। युक्रेन इन्टरनेसनल एयरलाइन्सले बतायो कि महिलाले आपतकालिन द्वार खोलेर विंगम हिंड्न थालिन्।

‘द सन’ का अनुसार घटनाको पुष्टि गर्दै युक्रेन इन्टरनेसनल एयरलाइन्सले भनेको छ कि “उडान पीएस ६१२२ ले अन्ताल्या-कीभमा टर्मिनल डीको गेट ११ नजिकै अवतरण गरेपछि विमानको आपतकालिक द्वार खोलेर एक महिला प्लेनको विंगमा हिड्न लागिन्।”

ती महिला उक्त घटनाको स्पष्टिकरण दिन असमर्थ रहिन्। उनले भनिन् कि उनलाई प्लेन भित्र गर्मी महशुस भइरहेको थियो। तर विमान सुरक्षा नियमको उल्लङ्घन र गलत व्यवहारको कारण उनलाई युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सले कालोसूचीमा राखेको छ।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१६:१२

जीन्स लगाउँदा नगर्नुस् यस्ता गल्ती !