चीनसँग तनाव बढेपछि लिपुलेक क्षेत्रलाई लिएर भारतले आफ्ना सेनालाई दियो कडा निर्देशन !

काठमाडौँ – भारत सरकारले नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी राख्न आफ्नो सेनालाई निर्देशन दिएको छ । चीनसँग तनाव बढेसँगै भारतले आफ्ना सेनालाई नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी बढाउन निर्देशन दिएको हो।

तीन महिनाको अन्तरालमा भारतीय सेना चिनियाँ सेनासँग दुई पटक आमने-सामने भइसकेको छ। पछिल्लो पटक गत हप्ता मात्रै दुई देशका सेना आमने-सामने भएका थिए।

सीमा क्षेत्रमा चिनियाँ सेनाले उपस्थित बढाएको भारत सरकारले यस्तो निर्देशन दिएको भारतीय तथा अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। भारत सरकारले नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा समेत विशेष निगरानी गर्न आफ्नो सेनालाई निर्देशन दिएको बताइएको छ।

नेपालसँग सीमा विवाद बढेपछि पछिल्लो समय कालापानी-लिपुलेक क्षेत्रमा भारतले सैन्य उपस्थित बढाइसकेको छ। यस भन्दा अगाडी नै भारतले कयौं गुणा सुरक्षाकर्मी थपेको समाचार आइसकेका छन्।

रोयटर्सका अनुसार भारतीय सेनाले जुनेदेखि नै अरुणाञ्‍चल प्रदेशको सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको छ। अन्जाव जिल्लामा उत्तरपश्‍चिमी सीमामा सेनाको संख्यामा उल्लेख्य वृद्धि गरिएको छ।

यस्तै नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। नेपाल सरकारले भारतीय सेनाको गतिविधि बारे सुक्ष्म निगरानी गर्न निर्देशन दिएको भारतीय संचार माध्यमहरु दावी गर्छन्।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०९:२४

बागलुङ पहिरामा हराएकामध्ये तीनको शव गुल्मीमा