६ वर्षीय यी बालिकाले किनिन करोडौ मुल्य पर्ने ५ भवन, उनको कमाइ सुनेर उड्नेछ होश!

दक्षिण कोरियाको ६ वर्षकी केटी बोरामले दुई युट्युब च्यानलबाट ५५ करोड कमाएकी छन्।  त्यो पैसाले उनले राजधानी सियोलमा ५ वटा भवन  किनेकी छ न्।  १९७५ मा शहरको मुख्य बजारमा बनेको यो भवन २५८  वर्गमीटर क्षेत्रमा बनेको छ। यसको प्रयोग  बोरमको  परिवारको कम्पनीले गरेको छ।

बोरमको च्यानलमा करिब ३ करोडभन्दा पनि धेरै सब्सक्राइबर छ ।  पहिलो टोय रिव्यू च्यानल छ । यसको १.३६ करोड सब्सक्राइबर छ।  र दोस्रो च्यानल भिडियो ब्लगको छ । जुनमा १.७६ करोड सब्सक्राइबर छ । यसमा बोरम आफ्नो  परिवारको  दैनिक जीवनको भिडियो  अपलोड गर्छिन्। बोरमको  यूट्यूब च्यानल दक्षिण कोरियामा सबैभन्दा धेरै मनपराइएको छ। संयुक्त रूपमा यो देशको सबैभन्दा धेरै कमाई गर्ने यूट्यूब  च्यानल  पनि बनेको छ।

यस बारे एक यूजरले लेखेका छन्,” म पुरै जिन्दगीमा त्यति कमाउन सक्दिन जति बोरमले यूटुबमा वर्षभरि कमाईन्।” एक क्लिपमा  बोरमले  प्लास्टिक टोय किचनमा चाउचाउ पकाईरहेकी थिइन्। यो भिडियोमा सबैभन्दा धेरै भ्युअर्स   रहेको छ।  २०१७ को एक क्लिपमा बोरमले  कसरी  आफ्नो बुबाको पर्सबाट पैसा चोर्छिन् भनेर बताएकी छन्।

अमेरिकाको ७ वर्षीय  रियान पहिलो नंबरमा
फोर्ब्सको अनुसार अघिल्लो वर्ष अमेरिकाको ६ वर्षीय रियान काजीले   यूट्यूबबाट १५२ करोड कमाएका थिए। यूट्यूब मार्फत बच्चाको यो सबैभन्दा धेरै कमाई हो।  रियानको  टोयज च्यानलमा २.०८ करोड सब्सक्राइबर छ।

प्रकाशित : आइतबार, साउन १२, २०७६०९:२४

यी ५ बलिउड स्टारले अनाथ बच्चाहरुलाई सडकबाट उठाएका थिए, आफ्नै सन्तान सरह गरे प्रेम !