बेलुनको मद्दतले जमिनबाट २५००० माथि उडे यी व्यक्ति, बनाए रेकर्ड ! [भिडियो सहित]

एक अमेरिकी स्टन्ट म्यानले जे गरेर देखाए त्यो निकै सहासी थियो। उनको यो हर्कत देखेर पूरा दुनिया नै चकित परेको छ। उसको यस्तो घटनाको भिडियोले यू-ट्युबमा थुप्रै रेकर्ड तोडिसकेको छ। ४७ वर्षीय डेभिड ब्लेन नामक यी स्टन्ट म्यान खतरनाक स्टन्टको लागि विश्वभर प्रसिद्ध छन्। डेभिडले भर्खरै मात्र बेलुनको मद्दतले जमिन भन्दा २५००० फिट उचाईमा उडेर एक नयाँ रेकर्ड कायम गरे। उनले यो रेकर्ड यहि बुधबार कायम गरेका हुन्।

उनले अमेरिकाको एरिजोनामा यो स्टन्ट पर्फम गरेका थिए। उनले यस स्टन्टलाई एसेन्सनको नाम दिएका छन् जसको अर्थ हुन्छ आरोहण। स्टन्ट गरिसकेपछि डेभिडले उनलाई यी स्टन्ट एक जादू जस्तै लागेको बताए। उनले भने,’मलाई माथि पुगेपछि हावामा उडिरहेको जस्तो महशुस भयो।’

उनी प्लेन उसले उचाईमा बेलुनको भरमा गएका थिए। जमिनबाट २५००० फिट माथि पुगेपछि उनले सबै बेलुन छाडेर प्यारासुटको मद्दतले जमिनमा उत्रेका थिए। यो उचाईमा सामान्यतया हवाई जहाज उड्छ। डेभिडले यो भन्दा पहिला पनि थुप्रै यस्ता खतरनाक स्टन्ट गरिसकेका छन्। उनी टाइम्स स्क्वायरमा दुई दिनसम्म बरफको ब्लकमा बसेका थिए। उनी ६३ घण्टासम्म बरफको ब्लकमा थिए।

यो स्टन्ट डेभिडले यू ट्युब लाइभ स्ट्रिम पनि गरेका थिए। यो भिडियो यू ट्युबको इतिहासमा सबै भन्दा बढी हेरिएको लाइभ स्ट्रिम थियो। डेभिडको यो लाइभ स्ट्रिम कुल ७७०,००० मानिसले हेरेका थिए। डेभिडले यो स्टन्टको लागि दुई वर्षको तयारी गरेका थिए।

प्रकाशित : शनिबार, भदौ २०, २०७७११:१३

प्रेममा एक-अर्का प्रति वफादार रहन्छन् यी ४ राशिका मानिस !