शुल्क नतिरेको भन्दै ‘हेडमास्टर’ले अभिभावकको खुट्टा भाँचिदिए !

काठमाडौँ – शिक्षण शुल्क नतिरेको भन्दै नवलपरासी पश्चिमक निजी बोर्डिङ स्कूलका सञ्चालकबाट एक अभिभावक कुटिएका छन्।

नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ रानीनगर स्थित उज्जवल शिशु इंगलिश बोर्डिङ स्कूलका सञ्चालक एंव प्रधानाध्यापक दीपक कुँवरले एक अभिभावकलाई कुटेका हुन्।

कुटिनेमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा न ३ पत्थरकला निवासी ५२ वर्षीय कृष्णप्रसाद शर्मा रहेका छन्। उनको दायाँ खुट्टा भाँचिएको छ।

साउन २८ गते विद्यालयका प्रधानाध्यापकले दुई छोराहरुको बाँकि शुल्क तिर्न भनेको र कोरोना भाइरस महामारीका कारण तत्तकाल पैसा तिर्न नसक्ने बताएपछि अभिभावक आचार्य कुटिएको बताइएको छ।

आचार्यको हाल बुटवलस्थित लुम्बिनी सिटि अस्पतालमा उपचार भइरहेको छ। दुई छोराहरुले तीन वर्षअघि एसईई दिँदा बाँकि रहेको ३० हजार शुल्क नतिरेको भन्दै कुटेर अशक्त बनाइदिएको उनको भनाई छ।

“विचमा उहाँले पैसा माग्नुभएन, बजार हिडेको बेला पैसा माग्नुभयो, अहिले १० हजार जति दिन्छु बाँकी पछि दिउला सर भनेको मात्र के थिएँ, लात्ति लात्तिले हान्नुभयो”,उनी भन्छन्।

घटना भएको लामो समयसम्म विद्यालय सञ्चालक कुँवरले पहुँचका आधारमा मुद्धा दर्ता नगर्न दबाव दिएको उनको दुखेसो छ। प्रहरीले समेत दोषीलाई उन्मुक्ति दिएको गुनासो पिडित पक्षको छ। आचार्यका परिवारजनका अनुसार औषधि उपचारमा मात्रै अहिलेसम्म २ लाख भन्दा बढी रकम खर्च भइसकेको छ।

न्याय नै नपाउने अवस्था आउने भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा मुद्धा दर्ता गरेको पिडितपक्ष बताउँछ।

प्रकाशित : शनिबार, भदौ २०, २०७७०९:३७

प्रकाण्डले भने – ‘मल समयमा नल्याउने भ्रष्ट, कमिसनखोरलाई अब छाड्दैनौं’