एकै महिना आठ ग्रहले बदल्दै छन् आफ्नो चाल, सबै राशिमा पर्नेछ ठूलो प्रभाव !

ज्योतिष शास्त्रका अनुसार ग्रह परिवर्तनले सबै राशिमा शुभ वा अशुभ प्रभाव गर्छ। यो सेप्टेम्बर महिनाको ज्योतिष शास्त्रमा निकै महत्व रहनेछ। यो महिना आठ ग्रहले आफ्नो चाल परिवर्तन गर्दै छन्। सूर्य, बुध, शुक्र, मंगल, गुरु, राहु-केतु र शनिले आफ्नो चाल परिवर्तन गर्दै छन्। एकै महिनामा यदि धेरै ग्रहको चाल परिवर्तन हुनु ज्योतिष शास्त्रका अनुसार विशेष रहेको छ। यस्तोमा आठले आफ्नो चाल परिवर्तन गर्दा सबै १२ वटै राशिमा निकै ठूलो प्राभाव पर्नेछ…

सूर्यको राशि परिवर्तन 

यो महिनाको १७ तारिकमा सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्दैछ, जहाँ यो १७ अक्टोबरसम्म रहन्छ। कुण्डलीमा सूर्य बलियो हुने व्यक्तिले मान-सम्मान, प्रसिद्धि, सफलता प्राप्त गर्नेछ।

शुभ प्रभाव: मेष, कर्कट र धनु राशि
अशुभ प्रभाव: वृष, मिथुन, सिंह, कन्या, तुला र वृश्चिक राशि
सामान्य प्रभाव: मकर, कुम्भ र मीन राशि

मंगलको वक्र 

सहासी र पराक्रमी ग्रह पृथ्वी पुत्र मंगल १० सेप्टेम्बर बिहान ३ बजेर ५० मिनेट जाँदा वक्री हुनेछ र ४ अक्टोबर बिहान १० बजेर ५ मिनेटमा फेरी मीन राशिमा फर्कनेछ र १० नोभेम्बरमा पुन: मार्गी हुनेछ।

शुभ राशि: कुम्भ, मीन र वृश्चिक राशि
अशुभ प्रभाव: कर्कट, सिंह, कन्या र तुला राशि
सामान्य प्रभाव: मेस, वृष, मिथुन, मकर र धनु राशि

बुधको राशि परिवर्तन 

३ सेप्टेम्बरको दिन बुध ग्रह कन्या राशिमा प्रवेश गरिसकेको छ र अब २२ सेप्टेम्बरको दिन तुला राशिमा प्रवेश गर्नेछ। बुधको राशि परिवर्तनको प्रभाव युवा, शिक्षा, व्यापार क्षेत्रमा सबैभन्दा बढी पर्छ।

शुभ प्रभाव: मेष, कर्कट, सिंह र कुम्भ राशि
अशुभ प्रभाव: वृष, मिथुन, कन्या, तुला र वृश्चिक राशि
सामान्य प्रभाव: धनु, मकर र मीन राशि

बृहस्पतिको मार्गी 

१३ सेप्टेम्बरमा बृहस्पति धनु राशिमा मार्गी हुँदैछ जहाँ यो २० नोभेम्बरसम्म रहन्छ। यसको प्रभावमा पृथ्वी बासिमा प्रतक्ष्य रूपमा प्रभाव पर्नेछ।

शुभ प्रभाव: मेष, मिथुन र वृश्चिक राशि
अशुभ प्रभाव: वृष, कर्कट, कन्या र तुला राशि
सामान्य प्रभाव: सिंह, धनु, मकर, कुम्भ र मीन राशि

शुक्रको राशि परिवर्तन 

सुख तथा वैभवको कारक शुक्र ग्रह २७ सेप्टेम्बरमा सिंह राशिमा प्रवेश गर्नेछ। शुक्र वृष र तुला राशिको स्वामी ग्रह हो। कुण्डलीमा शुक्रको शुभ प्रभावको कारण मानिसले सबै प्रकारको सुख-सुविधा तथा विलासिता सम्बन्धि चिज प्राप्त हुनेछ।

शुभ प्रभाव: सिंह, कन्या, तुला, धनु र मकर राशि
अशुभ प्रभाव: वृश्चिक, कुम्भ र मीन राशि
सामान्य प्रभाव: मेष, वृष, मिथुन र कर्कट राशि

शनिको मार्गी 

२९ सेप्टेम्बरको दिन शनि मकर राशिमा मार्गी हुनेछ। यसको प्रभाव सबै १२ राशिमा पर्नेछ।

शुभ प्रभाव: कर्कट, सिंह, कन्या र वृश्चिक राशि
अशुभ प्राभाव: मेष, वृष, मिथुन, तुला र धनु राशि
सामान्य प्रभाव: मकर, कुम्भ र मीन राशि

राहुको राशि परिवर्तन 

२३ सेप्टेम्बरको दिन राहु १८ महिनापछि मिथुन राशिको यात्रा समाप्त गर्दै वृष राशिमा प्रवेश गर्दैछ। यो वृष राशिमा अप्रिल २०२२ सम्म रहनेछ।

शुभ प्रभाव: कर्कट, सिंह, धनु र मीन राशि
अशुभ प्रभाव: मेष, वृष, मिथुन र कन्या राशि
सामान्य प्रभाव: तुला, वृश्चिक, मकर र कुम्भ राशि

केतुको राशि परिवर्तन 

केतुलाई रहस्यमय कान्ति र गौरवशाली ज्योति किरण मानिन्छ। कुनै पनि व्यक्तिको जन्म कुण्डलीमा केतु जुन भावमा बस्छ उक्त भावको स्वामीको प्रभावमा वृद्धि गर्छ।

शुभ प्रभाव: तुला, सिंह, मिथुन र कन्या राशि
अशुभ प्रभाव: मेष, वृष, कर्कट, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशि

प्रकाशित : सोमबार, भदौ २२, २०७७१३:४७

यस्तो थियो दुनियाको सबै भन्दा पहिलो प्रेम पत्र, रुक्मिणीले कृष्णलाई लेखकी थिइन् !