काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता तत्काल खारेक गर्न सरकार समक्ष माग गरेको छ।
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै चीनविरुद्ध गोर्खा सैनिक प्रयोग गर्ने देखिएकाले गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता तत्काल भङ्ग गर्नुपर्छ माग गरेका हुन्।
भारतले गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लदाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारतले चीन विरुद्ध तयार पारेको बटालियनमा नेपाली र नेपालकै मित्रसँग लडाउन खोजेको नेपालको बुझाई छ। नेपाल र नेपाली मित्र चीन विरुद्ध नेपालीनै लड्नुपर्ने अवस्थालाई अध्यक्ष नेपालले विडम्बनापूर्ण भनेका छन्।
भारतले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पुर्याउन लागेको भन्दै उनले परिस्थिति भड्किनुभन्दा पहिला नै आवश्यक कदम चाल्न नेता नेपालले आग्रह गरेका छन्।
“परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ ।”,माग गर्दै अध्यक्ष नेपालले भनेका छन्।
चीनविरुद्ध गोर्खा सैनिकको प्रयोग मित्रघात हो
विज्ञप्ति
इन्डियाले मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लदाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । इन्डियाले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, 3/9 जिआर र 4/1 जिआरका झन्डै ४००० गोर्खाली सैनिक परिचालन गरेर नेपाल-चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको देखिँदै छ ।
नेपाल र नेपालीको निकटतम मित्र चीनका विरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण यु-द्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पुर्याउने हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारलाई तत्काल सन् १९४७ नोवेम्बर ९ को गोर्खा भर्ती सम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई ह-तियारसहित नेपाल फर्कन आदेश जारी गर्न अनुरोध गर्दछ । यदि गोर्खा भर्ती सम्झौता तत्काल रद्द नगर्ने हो भने चीन र इन्डियाबीच अनपेक्षित रूपमा यु-द्ध भड्किएका खण्डमा नेपाल इन्डियाको पक्षबाट चीनविरुद्धको यु-द्धमा सामेल भएको मान्न कर लाग्नेछ । तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७७-०५-२१