काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले लकडाउन/निषेधाज्ञाका कारण दुखमा परेका जनतालाई राज्यले राहत दिन माग गरेका छन्।
लामो समय देखि लकडाउन/निषेधाज्ञाबाट गुज्रिन बाध्य हुन भएका जनतालाई साँझ-बिहान हात मुख जोर्न पनि गार्हो भएको भन्दै भट्टराईले सामाजिक संजाल मार्फत राहत दिन माग गरेका हुन्।
“सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो।”,भट्टराईले फेसबुकमा लेखेका छन्।
राज्यकोषबाट तलबभत्ता ग्रहणगर्ने राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री/न्यायाधीश/सांसद/कर्मचारी/शिक्षक लगायतको तलबभत्ता रोकेर भएपनि साँझ-बिहान हात मुख जोर्न नसक्ने जनतालाई राहत दिनुपर्ने भट्टराईको बुझाई छ।
भट्टराई फेसबुकमा लेख्छन्,”आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि?”
बाबुरामले फेसबुकमा यसो लेखेका छन् –
पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो?
सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो!
आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि?