दुनियाको सबैभन्दा महँगो वाइन जसको एक बोतलको मूल्य छ लाखौं !

तपाईंले सामान्यतया एक बोतलको ३० हजार, ४० हजार वा ५० हजारसम्म पर्ने मदिरा देख्नु भएको होला। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि संसारको सबैभन्दा महँगो रक्सीको मूल्य कति हुन सक्छ? युरोपेली देश हंगेरीको मुख्य पर्यटक गन्तव्य टोकाजका रक्सी उत्पादकहरूले यस्तो मदिरा तयार पारेका छन् जसको डेढ लिटर रक्सीको बोतलको मूल्य ४५ लाख भन्दा बढी पर्छ। यसलाई विश्वको सब भन्दा महँगो रक्सी पनि भनिन्छ।

 

यस वाइनको नाम इसेन्सिया २००८ डिसेन्टर हो। यो रक्सी सीमित परिमाणमा मात्र तयार पारिन्छ। हालसम्म यस मदिराको २० बोतलहरू मात्र तयार पारिएका छन्, जसमध्ये ११ बोतलहरू बिक्री भइसकेका छन्।

इसेन्सिया २००८ डिसेन्टरको प्याकिंग पनि धेरै आकर्षक हुन्छ। यस वाइनको प्रत्येक बोतल चम्किलो कालो बक्समा राखिएको हुन्छ, जसमा एक स्विच पनि लगाइएको हुन्छ, जसले बोतललाई अझ चम्किलो बनाउँछ। यस वाइनको कुनै पनि बोतल एक अर्कासँग मिल्दैन, सबै फरक-फरक तरिकाले र विशेष गरी बनाइएको हुन्छ।

यो वाइन २००८ मा तयार पारिएको थियो जुन धेरै वर्ष पछि मात्र बोतलमा प्याक गरिएको थियो। यो बनाउने कम्पनीका महाप्रबन्धक जोल्टन कोभाक्सका अनुसार, ‘इसेन्सिया २००८ डिसेन्टर’ वाइन तयार भएको आठ बर्ष पछि बोतलमा प्याक गर्न योग्य मानिन्छ।

जोल्टन कोभाक्सका अनुसार यो वाइन विशेष मौसममा बनाइन्छ र यसको एक चम्चा बराबर तयार गर्न लगभग एक किलो पाकेको अंगुरको प्रयोग गरिन्छ। यदि एक बोतल रक्सी बनाउने हो भने, त्यसको लागि करिब २० किलोग्राम अंगुर आवश्यक पर्छ। यसको ३७.५ सेमीको एक बोतलमा तीन प्रतिशत अल्कोहल हुन्छ।

प्रकाशित : सोमबार, भदौ २२, २०७७१३:३५

लाखौंमा बिक्यो ४ पत्ता वाला दुर्लभ विरुवा, विश्वभर हुँदैछ चर्चा !