मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। आफन्तसँग आनन्दमय समय बित्नेछ। मध्यान्हपछि भने स्वास्थ्यमा समस्या आउनसक्छ। खान-पानमा ध्यान राख्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न होला। आर्थिक लेन-देन नगरेकै राम्रो हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घरको सजावट सफाईमा मन लाग्नेछ। उच्च पदाधिकारीसँगको सम्बन्धमा सुधार आउनेछ। मध्यान्हपछि सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। मित्रबाट लाभ मिल्ने देखिन्छ। आकस्मिक धन लाभको योग रहेको छ। सन्तानबाट पनि लाभ मिल्ने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पारिवारिक तथा व्यावसायिक क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। कार्यभारमा वृद्धि हुने देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। मित्रसँग भेटघाट गर्ने अवसर मिल्नेछ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। यात्राको योग बन्नेछ। सामाजिक कार्यमा संलग्न हुनुहुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
निर्धारित कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। क्रोध अधिक रहँदा कार्य बिग्रिन सक्छ, ध्यान दिनुहोला। मध्यान्हपछि भने स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शरिरिर्क तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। क्रोधको मात्रा अधिक रहने हुँदा कसैसँग मनमुटाव हुनसक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहने देखिन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। यात्राको योग बन्ने देखिन्छ। आध्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। क्रोधको मात्र धेरै रहँदा कार्यमा बाधा आउनसक्छ। धार्मिक आयोजनामा उपस्थित हुने मौका मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। यात्राको शुभ प्रसङ्ग बन्नेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। शत्रुसंग थोरै सावधान रहन जरूरी देखिन्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आर्थिक आयोजनाको लागि दिन शुभ रहनेछ। यात्राको योग बन्ने देखिन्छ। वौद्धिक क्षेत्रमा सफलता मिल्ला। मध्यान्हपछि आफन्तसंग घुमघामको समय बन्न सक्छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। परिवारमा सुखमय समय बित्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक तथा मानसिक रूपले स्वास्थ्य खराब रहनसक्छ। अधिक परिश्रम पश्चात पनि सफलता नमिल्दा मन चिन्तित रहला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। मध्यान्हपछि समय अनुकूल हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ मिल्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कार्य सफलताको लागि अत्याधिक परिश्रम गर्नु पर्ने देखिन्छ। परिवारको साथ मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला। कुनै पनि निर्णय लिनु अघि राम्रोसँग सोच्नु होला, अन्यथा हानि हुनसक्छ। मनमा ग्लानिको भावना रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन अत्यन्त शुभ रहनेछ। मध्यान्हपछि भने मानसिक तनाब बढ्न सक्छ। विद्यार्थी वर्गको लागि समय मध्यम रहनेछ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
क्रोध तथा वाणीमा संयम राख जरूरी देखिन्छ। नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल रहनेछ। यात्राको योग बन्ने देखिन्छ। तपाईंको स्वार्थी व्यवहारको कारण कार्यमा वाधा आउनसक्छ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ।