मानव जीवनमा विष समान हुन्छन् यी ३ भावना !

हरेक धर्मका विभिन्न शिक्षाले हामीलाई जीवन जिउने सही मार्ग बताउँछ। यस्ता शिक्षाको सहि तरिका अनुसहरण गर्न सकियो भने निश्चित रूपमा हाम्रो चरित्रको साथै हाम्रो जीवनशैली र प्रकृतिमा सुधार आउँछ। यस्तै हरेक धर्ममा यस्ता केहि कार्य बताईएको हुन्छ जसबाट हामी सधैं टाढा रहनु पर्छ। अन्यथा यसले तपाईंलाई अन्धकारको बाटो तर्फा धकल्छ।

यदि तपाईं आफ्नो जीवन सुखमय र खुसीयाली होस् भन्ने चाहनुहुन्छ भने यी ३ भावनाबाट सधैं दूर रहन जरूरी हुन्छ।

लोभको भावना 

लोभ मानव जीवनको प्रायः सबै समस्याको कारण हो। यो यस्तो भावना हो जब हामी आवश्यक भन्दा ज्यादा चाहना राख्छौं चाहे त्यो पैसा होस्, प्रेम, खाना वा अरू केहि चिज होस्। हरेक धर्ममा लोभलाई पापको श्रेणीमा राखिएको छ।

घृणाको भावना 

घृणा एक धेरै शक्तिशाली भावना हो, कहिलेकाँही यसले प्रेमलाई पनि हार्न बाध्य तुल्याउँछ। जब हामी कसैलाई घृणा गर्न लाग्छौं तब यसले ईर्ष्या, क्रोध, शारीरिक र मानसिक हिंसा निम्त्याउँछ। घृणाको भावना भएको व्यक्तिले कहिल्यै पनि कसैबाट सम्मान प्राप्त गर्न सक्दैन।

अज्ञानता 

एक भनाई अनुसार अज्ञानतालाई परम सुख (इग्नोरेंस इज ब्लिस) मानिएको छ तर यदि कुनै व्यक्तिलाई आफ्नो जीवनमा के कुराको ज्ञान हुनुपर्छ र के कुरालाई उपेक्षा गर्दा पनि सफलता मिल्छ भन्ने ज्ञान छैन भने त्यो व्यक्ति कहिल्यै पनि सफल हुन सक्दैन। उसलाई आफ्नो जीवनमा र जीवनको लागि के महत्वपूर्ण छ भन्ने कुरा थाहा हुनुपर्छ।

प्रकाशित : आइतबार, असोज ११, २०७७१३:०१

जापानले बनायो यस्तो अनौठो रोबोट !