नेपाल घुसेर नेपाली माथि कुटपिट, एक नेपालीको ज्यान गयो !

सांकेतिक तस्बिर

काठमाडौँ – भारतीय नागरिकको कु-टपि-टबाट एक नेपाली नागरिकको ज्यान गएको छ। नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कु-टपि-ट गर्दा एक नेपालीको ज्यान गएको हो।

ज्यान गुमाउनेमा डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव रहेका छन्। ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार निधन भएको हो। उनको आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

भारत बिहारको मधुवनी जिल्ला लौकहीका भैंसी चराउन आएका आधा दर्जन भन्दा बढी युवाले उनी माथि कु-टपि-ट गरेका थिए। आफ्नो धानबालीमै भैंसी चराइरहेको देखेर गाली गर्दा उनी माथि भारतीयहरु उल्टै जाइलागेका थिए।

गम्भीर घाइते भएपछि उनलाई शुरुमा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएको थियो। तर, अस्पतालले विराटनगर रिफर गरेपनि विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिन नमानेको पिडित परिवारजनले बताएका छन्।

विराटनगरका पाँच दिन सम्म पनि उपचार नभएपछि धरान लगिएको र बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना लिएको परिवारजनले बताएका छन्।

यादव भदौ ६ गते कु-टि-एको बताइएको छ। घटनामा संलग्न रहेको एक भारतीयलाई भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ पर्नेमा भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादव छन्।

प्रकाशित : सोमबार, भदौ २२, २०७७१०:१३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय पुग्यो, २४ घण्टामा यति जनाको गयो ज्यान !