कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय पुग्यो, २४ घण्टामा यति जनाको गयो ज्यान !

FILE PHOTO

काठमाडौँ – क्रोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नेपालमा ३ सय पुगेको छ। सोमबार एकै दिन करिब एक दर्जन भन्दा बढीको ज्यान गएसँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ३ सय पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ। जससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

थपिए ९ सय बढी संक्रमित

बितेको २४ घण्टामा देशभर ९ सय भन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएको जानकारी दिए। थप पुष्टि सँगै नेपालमा देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

आज देशभर रहेका विभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण भएको छ। जससँगै कोरोना परीक्षणको संख्या ७ लाख ७७ हजार ५६३ पुगेको छ।

नेपालमा हालसम्म ३० हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कूल संक्रमितको ६५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३० हजार नाघेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : सोमबार, भदौ २२, २०७७११:०४

एकै दिन ६३ सैनिकमा कोरोनाको पुष्टि