भारतमा अमेरिका भन्दै ३ गुणा बढी संक्रमित, विश्वकै बढी मृत्यु !

एजेन्सी – विश्वका अन्य देशहरुमा कोरोना भाइरस संक्रमितहरुको संख्या घट्दो क्रममा रहेको भए पनि भारतमा भने संक्रमण लगातार बढ्दो क्रममा देखिएको छ।

लगातार उच्च वृद्धि भएसँगै भारतले कोरोना संक्रमित संख्यामा ब्राजिललाई समेत पछाडी पारिसकेको छ। जससँगै भारत विश्वकै दोस्रो सर्वाधिक संक्रमित भएको मुलुक बन्न पुगेको छ।

भारतमा मंगलबार बिहान सम्म ४२ लाख ७७ हजार ५ सय ८४ संक्रमित फेला परिसकेका छन्। जस मध्ये ७५ हजार २२ जना गएको दिन मात्र फेला परेका हुन्।

दैनिक संक्रमणमा अहिले भारत सबै भन्दा अगाडी छ। त्यहाँ अहिले दैनिक विश्वकै बढी संक्रमित फेला परिरहेका छन्। गएको दिन भारतमा अमेरिका भन्दा ३ गुणा बढी संक्रमित फेला परेका छन् भने ब्राजिल भन्दा करिब ७ गुणा।

दैनिक मृत्युमा पनि भारत सबै भन्दा अगाडी देखिएको छ। गएको दिन त्यहाँ १ हजार १ सय २९ जनाले ज्यान गुमाएका छन्। उक्त संख्या विश्वकै उच्च हो। भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमणका कारण ७२ हजत ८ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७०२:१८

लद्दाखमा भारत–चीनबीच गोली हानाहान