मंगल ग्रहले बदल्दै छ चाल, यी राशिको लागि अत्यन्त शुभ !

पृथ्वी पुत्र मानिने मगल ग्रह १० सेप्टेम्बर बिहान ३ बजेर ४८ मिनेटमा वक्री हुँदैछ। आफ्नो वक्री अवस्थामा मंगल ४ अक्टोबर बिहान १० बजेर ४ मिनेटमा मीन राशिमा प्रवेश गर्नेछ र पुन: १४ नोभेम्बर साँझ ६ बजेर ४ मिनेटमा मार्गी भएर २४ डिसेम्बर बिहान १० बजेर १६ मिनेटमा मेष राशिमा प्रवेश गर्नेछ। र २२ फेब्रुअरी बिहान ४ बजेर ३३ मिनेट जाँदा गोचर परिवर्तन गर्दै वृष राशिमा प्रवेश गर्नेछ। यसरी मंगलको वक्री २ महिना ४ दिन चल्नेछ। मंगल ग्रहको वक्रीले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ।

मेष राशि 

स्वामी ग्रह मगलको वक्री हुनु मेष राशिका मानिसको लागि मिश्रित लाभदायक साबित हुनेछ। पारिवारिक तथा मानसिक रूपले केहि समस्या देखा पर्न सक्छ। उग्र स्वभावको कारण कार्यमा वाधा आउनसक्छ, त्यसैले जिद्दीपन तथा क्रोध नियन्त्रणमा राख्नु होला। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

वृष राशि 

यस राशिको लागि सामान्यतया: मंगल शुभ हुँदैन। राशिको हानि भावमा मंगलको वक्री हुनाले अत्याधिक खर्च हुनेछ, जसले गर्दा आर्थिक समस्याले सताउन सक्छ। कानुनी मामलामा नपर्नुहोला। साथी तथा आफन्तबाट पनि हानि हुनसक्छ। यात्रा गर्दा सावधान रहनुहोला।

मिथुन राशि 

मगल राशिको वक्री यस राशिलाई वरदान समान हुनेछ। कार्यक्षेत्रमा विस्तार हुनुका साथै नयाँ अवसर प्राप्त हुनेछ। सरकारी क्षेत्रमा आवेदन दिनको लागि समय अत्यन्त शुभ रहेको छ। परिवारका अग्रजसँग मदभेद हुनसक्छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ।

कर्कट राशि 

राशिको धर्म भावमा वक्री हुने मंगलले मिश्रित फल दिनेछ। स्वभावमा उग्रता आउनसक्छ जसको कारण अनावश्यक वाद-विवादमा पर्न सकिन्छ, ध्यान दिनुहोला। नयाँ नोकरी खोजिरहेका हरुले सफलता प्राप्त गर्नेछन्। वाहन तथा घर जग्गा कारोबार गर्नको लागि समय उत्तम रहेको छ।

सिंह राशि 

मंगलको वक्री सिंह राशिको लागि शुभ रहनेछ। शिक्षा क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। सहास तथा पराक्रम बढ्नेछ। धर्म-कर्मका कार्यमा रुचि बढ्नेछ। विद्यार्थी तथा प्रतियोगीहरुको लागि समय अत्यन्त शुभ रहनेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ।

कन्या राशि 

राशिको अष्टम भावमा वक्री हुने मंगलले मिश्रित परिणाम दिनेछ। यो स्थानमा यसलाई निकै शुभ भन्न भने मिल्दैन। स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहने देखिदैन। व्यर्थको झै-झगडाबाट टाढा नै रहनुहोला। आमाको स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने देखिन्छ।

तुला राशि 

राशिको सप्तम भावमा मंगलको वक्री हुनु दाम्पत्य जीवनमा अशुभ प्रभाव पर्नेछ। ससुराल पक्षसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। व्यापारीको लागि भने समय शुभ रहनेछ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउने देखिन्छ। सरकार क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ।

वृश्चिक राशि 

राशिको स्वामी मंगल छैठौं भावमा वक्री हुनु तपाईंको लागि वरदान भन्दा कम हुने छैन। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउने देखिन्छ। स्वास्थ्यमा भने समस्या आउनसक्छ। सरकार क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ।

धनु राशि 

राशिको पंचम भावमा मंगलको वक्री हुनु प्रेम जीवनको लागि शुभ रहँदैन। दाम्पत्य जीवनमा पनि केहि समस्या आउला। रोजगार तथा व्यापारमा निरन्तर उन्नति हुनेछ। शिक्षा क्षेत्रमा विशेष सफलता मिल्नेछ। दाजु-भाईसँग मदभेद हुनसक्छ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला।

मकर राशि 

राशिको चतुर्थ भावमा मंगलको वक्री हुनु पारिवारिक कलह तथा मानसिक अशान्तिको सूचक हो। जग्गा जमिनको कारोबार गर्नको लागि समय अहुभ रहनेछ। सरकारी क्षेत्रमा समय अत्यन्त शुभ रहने देखिन्छ। सामाजिक कार्यमा संलग्न हुनुहुनेछ, साथै मान-सम्मान मिल्नेछ।

कुम्भ राशि 

राशिको पराक्रम भावमा मंगलको प्रवेश यस राशिको लागि शुभ रहनेछ। सहास तथा पराक्रम बढ्नेछ। कानुनी मामलामा निर्णय तपाईंको पक्षमा आउने देखिन्छ। शत्रु पराजित हुनेछन्। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। आर्थिक लेन-देनको लागि समय उत्तम छैन।

मीन राशि 

मीन राशिको लागि मंगलको वार्करी शुभ रहनेछ। तर स्वभावमा भने उग्रता रहनेछ। वाणी तथा क्रोध नियन्त्रणमा राख्नुहोला। आर्थिक पक्ष मजबूत रहनेछ। घर-जग्गा तथा वाहन खरिद गर्नको लागि पनि समय शुभ रहनेछ। सवारी चलाउँदा विशेष ध्यान राख्नुहोला। विद्यार्थी तथा प्रतियोगीहरुको लागि समय अत्यन्त शुभ रहनेछ।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७१४:१०

बिहिबारको दिन यी विधिले साई बाबाको पूजा गर्नुहोस्, चम्किनेछ भाग्य !