तपाईंको हातमा लुकेका हुन्छन् यस्ता रहस्य !

हाम्री हातमा हाम्रो भविष्य लुकेको हुन्छ, यो भनाई त हामी सबैले सुनेको नै छौं। तर हातले हाम्रो स्वभाव तथा हामी भित्रको क्षमताको बारेमा पनि थुप्रै खुलासा गर्छ। समुन्द्र शास्त्रका अनुसार हाम्रो हातको औंला तथा नङ द्वारा हामी व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ। तर भर्खरै सम्पन्न एउटा अनुसन्धानले हातको लम्बाईसँग सम्बन्धित केही आश्चर्यजनक परिणामहरू पत्ता लगाएको छ।

अनुसन्धान 

अन्वेषकहरू भन्छन कि जीवन बिताउने तरिका र कठिनाइको बेलामा हामी कसरी प्रतिक्रिया दिन्छौं, यो रहस्य हाम्रो हात हेरेर थाहा हुन्छ। यदि तपाइँले कुनै मानिसलाई पहिलो पटक भेट्नुभयो र उनीहरुको बारेमा केहि थाहा छैन भने उनीहरूको हातको लम्बाईले धेरै कुरा थाह पाउन सकिन्छ।

हातको लम्बाई 

सबैको शारीरिक संरचना अनुसार उसको हात र खुट्टाको लम्बाईमा फरक पर्छ, कुनै अग्लो व्यक्तिको हात छोटो व्यक्ति भन्दा पक्कै लामो हुन्छ। यस्तोमा कसरी निर्णय गर्ने कि हाम्रो हातको लम्बाई सहि छ वा छैन?

यसरी मापन गर्नुहोस् 

अन्वेषकहरूले यसको पनि तरिका बताएका छन्। यसको लागि पहिले तपाईंले आफ्नो देब्रे हात ४५ डिग्री को दिशामा राख्नुहोस्। त्यसपछि कुइनाको बीचको दाहिने हातको औंठा राखेर हातलाई माथि तस्बिरको जसरी नाडीतिर तन्काउनुहोस्।

कति छ त तपाईंको हातको लम्बाई ?

यदि तपाईंको दाहिने हातले यस तरीकाले तन्काउँदा देब्रे हातको नाडी छुन्छ भने तपाईंको हात लामो छ, तर यदि तपाईं छुन सक्नुहुन्न भने तपाईंको हातहरूको लम्बाई छोटो छ। त्यसोभए, हात लामो र छोटो हुँदा के हुन्छ त? जान्नुहोस् …

जसको छोटो हात छ..

माथि बताइएको विधि अनुसार मापन गर्दा यदि तपाईंको हात सानो छ भने यो निराशाको कुरा होइन तर खुशीको कुरा हो। साना हात हुने मानिस आफ्नो जीवनमा जस्तो सुकै कठिनाइहरूको पनि सामना गर्न तयार हुन्छन्। यी व्यक्तिहरू जोखिम लिन डराउँदैनन्।

कुनै पनि प्रकारको समस्या आएपनि यस्ता मानिस आफ्नो सकारात्मक सोचका कारण त्यस्ता समस्याको समाधान गर्न सक्षम हुन्छन्। तर यिनीहरुको एउटा खराब बानि हुन्छ। संवेदनशील रूपमा व्यवहार गर्नुको साट्टो यी व्यक्तिहरू सम्बन्धहरूमा मनमानी गर्ने कोशिस गर्छन्।

जसको लामो हात छ..

अनुसन्धानका अनुसार लामो हात भएका मानिसहरूलाई ‘सर्वश्रेष्ठ’ भन्न सकिन्छ। यी मानिस आफ्नो मिहेनत र कर्मको मद्दतले सफलताको शिखरमा पुग्न सफल हुन्छन्। यस्ता व्यक्तिहरू कुनै पनि कार्य गर्नु अघि पूरा दिमाग लगाएर सोच्छन् साथै सकरात्मक स्वभावका हुन्छन्।

सम्बन्धको बारेमा कुरा गर्दा, यस्ता व्यक्तिहरू निकै भावनात्मक किसिमका हुन्छन्। यिनीहरुको मन छिटो दुख्छ किनकि यी व्यक्ति जो कोहीसँग पनि छिटो कनेक्ट हुन्छन्।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७१४:०८

यो हो दुनियाको सबैभन्दा महँगो तरकारी, किलो कै पर्छ लाख भन्दा बढी !