यस्तो थियो दुनियाको सबै भन्दा पहिलो प्रेम पत्र, रुक्मिणीले कृष्णलाई लेखकी थिइन् !

श्री किष्ण र राधाको प्रेम कथा त प्राय: सबैले सुनेको नै होला तर कृष्ण र रुक्मिणीको प्रेमको बारेमा सायद थोरै मानिसलाई मात्र थाहा होला। तपाईंलाई यो कुरा थाहा पाउँदा आश्चर्य लाग्न सक्छ कि संसारको पहिलो प्रेम पत्र पनि यहि प्रेमको वरदान हो। जुन कृष्णप्रति आफ्नो प्रेम व्यक्त गर्न रुक्मिणीले लेखेकी थिइन्।

रुक्मिणीको कृष्ण प्रतिको मोह 

यस पत्रको कथा कृष्ण र रुक्मिणीको भाई रुक्मीको कटु सम्बन्धसँग सम्बन्धित छ। रुक्मीको कृष्णको मामा कंस र जरासन्धसँग राम्रो सम्बन्ध थियो र रुक्मिणीले कृष्णसँग विवाह गरुन् भन्ने चाहँदैनथे। तर रुक्मिणीले बाल्यकालदेखि नै कृष्णको वीरताका कथाहरू सुनेकी थिइन् र उनलाई माया गर्न थालि सकेकी थिइन्।

कृष्ण र रुक्मिणी बीचको सम्बन्ध 

कृष्ण र रुक्मिणीको कहिल्यै भेट भएको थिएन र कृष्णलाई थाहा पनि थिएन कि रुक्मिणीले उनलाई धेरै माया गर्छिन्। रुक्मिणी विदर्भाका राजा भीमसाककी छोरी थिइन्। उनको विवाह कृष्णका भाई शिशुपालासँग तय भएको थियो। तर रुक्मिणीले कृष्णको चाहेको कारण शिशुपालासँग बिहे गर्न मानिनन्।

रुक्मिणीको प्रेम पत्र 

अन्तमा रुक्मिणीले आफ्नो मनको भावना कृष्ण समक्ष राख्ने निर्णय गरिन्। उनले कृष्णप्रतिको आफ्नो प्रेम व्यक्त गर्दै एउटा चिठी लेखिन् र कसैको माध्यम कृष्णसम्म पुर्याइन। उक्त चिठीमा उनले यो पनि लेखिन् कि उनी शिशुपालासँग बिहे गर्न चाहँदिनन् र कृष्णलाई मात्र उनको पति मान्छिन्। त्यसैले उनको विवाह अघि आएर उनलाई लिएर जाउन्।

कृष्णको निर्णय 

कृष्णले रुक्मिणीको सुन्दरताको बारेमा पनि धेरै कुरा सुनेका थिए तर उनको मनको कुरा भने थाहा थिएन। यो पत्र पाएपछि कृष्ण रुक्मिणी भएको ठाउँमा गए र रुक्मिणीको विवाह अघि नै उनलाई भगाए। रुक्मीले यो खबर पाउने बित्तिकै उनी रिसले चूर भए र युद्ध गर्न थाले।

कृष्णले रुक्मिसँग लडे र उनलाई पराजित गरे तर रुक्मिणीको आग्रहको कारणले उनको प्राण भने लिएनन्। त्यसपछि मात्र उनीहरूको विवाह भयो। यस प्रकार पुराणको यो कथाले प्रेमको अभिव्यक्तिलाई पहिलो पटक पत्रको रुपमा जन्म दियो।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७१४:०३

पञ्चतत्वको प्रतिनिधित्व गर्छन् भगवान शिवमा समर्पित यी पञ्चभूत मन्दिरले !