नाकको टुप्पोको रातो दाग निचोर्दा युवतीको भयो यस्तो गम्भीर हालत, ज्यान खतरामा !

एक रिपोर्टका अनुसार यांग थर भएकी एक चीनिया युवती आफ्नो नाकको एक विन्दु निचोरेको कारणले अहिले जीवनका लागि लडिरहेको छिन्। डाक्टरक अनुसार १९ वर्षीय उक्त युवती कभर्नस साइनस थ्रोम्बोसिस नामक बिमारीको कारण ग-म्भी’र अवस्थामा छिन्।

एक किशोरीलाई घातक मस्तिष्क संक्रमणका साथ अस्पताल लगिएको थियो, जुन नाकको एक विन्दु निचोरेको कारणले भएको डाक्टरहरूको विश्वास छ।

चीनिया संचार माध्यमका अनुसार निनघाई शहरमा बसोबास रहेको उक्त युवतीको यो सबै समस्या सुरु भयो जब उनले आफ्नो नाकको टुप्पोमा रहेको रातो दाग निचोरिन्। त्यसपछि उनको दाहिने आँखा सुन्नियो र शरीरको तापमान ह्वात्तै बढ्यो।

अस्पतालका न्यूरोलोजी विभागका उप निर्देशक डा. हान कुनले निंग्बो इभनिंग न्यूजसँग कुरा गर्दै बताए कि उक्त युवतीलाई अस्पताल ल्याउँदा उनको अवस्था ग-म्भी’र थियो। उनले भने,”अवस्था झन् बिग्रिएमा उनको जीवन जोखिममा पर्न सक्छ।” उनको शरीरको तापक्रम १०२ पुगेको थियो र उनको लक्षण मेनिनजाइटिससँग मिल्दोजुल्दो छ, डा. हानले बताए।

डेल्ली मेलका अनुसार भने अहिले उनको अवस्था स्थिर छ। उनलाई क्याभर्नस साइनस थ्रोम्बोसिस संक्रमण रहेको पत्ता लागेको बताइएको छ, जुन क्याभर्नस साइनसमा रगतको थक्का हो।  त्यस्तै, उनको दिमाग मुनि आई सकेट पछाडि खाली प्वाल जस्ता स्थानहरू देखा परेको जानकारी दिइएको छ।

डाक्टरका अनुसार उनले नाकको एक विन्दु, जसलाई डाक्टरी भाषामा “मृ-त्युको त्रिकोण”(triangle of death) भनिन्छ, निचोरेको कारण यो सबै समस्या आएको हो। यो विन्दु हाम्रो शरीरको सबै भन्दा खतरनाक विन्दु हो।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७१४:०१

तपाईंको हातमा लुकेका हुन्छन् यस्ता रहस्य !