हामी यदि हाम्रो मोबाइल हरायो वा चोरी भयो भने त्यो फोन भेट्टाउने आश छोड्दिन्छौं। तर भारतको बङ्गालमा यस्तो घटना भयो कि मोबाइल चोरी गर्ने चोरले नै मोबाइल मालिकलाई फोन फिर्ता गर्दिए।
भारतको पश्चिम बङ्गाल स्थित बुर्द्वान नामक ठाउँका एक मानिसले बजार जाँदा आफ्नो मोबाइल हराए। उनले उक्त मोबाइल फिर्ता पाउछु भनेर सोचेका पनि थिएनन् होला, तर केहि दिनपछि मोबाइल चोरी गर्ने चोरले नै उक्त मानिसको फोन आफूले चलाउन नजानेको भन्दै फिर्ता गर्दिए।
सेप्टेम्बर ४ को दिन मिठाई पसलबाट उनको ४५ हजार मूल्य पर्ने मोबाइल चोरी भएको भनेर पुलिस रिपोर्ट लेखाएका थिए। उनले आफ्नो मोबाइलमा फोन गर्ने कोशिस पनि गरे तर मोबाइल अफ बतायो। तर जब उनले ६ सेप्टेम्बरको दिन फेरि फोन गरे तब चोरी गर्ने व्यक्तिले फोन उठाए। चोरी गर्ने व्यक्तिले आफूले मोबाइल चलाउन नजानेको र फिर्ता गर्न चाहेको कुरा बताए।
“ती व्यक्तिले फोन उठाए र म फोन फिर्ता गर्न चाहन्छु भने म छक्क परें। त्यसपछि मैले पुलिसको सहयोगमा उसको घरबाट सेलफोन फिर्ता लिएँ”, उनले भने।