एजेन्सी- विश्व धेरै अजिव रहेको छ। विश्वमा हुने अजिव घटनाहरुले धेरैको होस् उडाउने गर्छ। विश्वमा केहि यस्ता घटना पनि हुने गर्छन् की कुनै पनि हालतमा घटना सुल्झिन गार्है हुने गर्छ। आज हामी केहि घटनाका बारेमा चर्चा गर्ने छौ, जुन अहिले सम्म धेरै अनुसन्धान हुँदा पनि सुल्झिन सकेको छैन।
१ लाख भन्दा धेरै चिन्काराको मृत्यु

२०१५ मा यस्तो एक रहस्यमाया घटना घट्यो की, कजाकस्तानमा करीब १ लाख २० हजार चिन्काराको मृत्यु भएको थियो। यो घटनाको रहस्य अहिले सम्म पनि कुनै अनुसन्धानले पत्ता लगाउन सकेको छैन। केहि वैज्ञानिकले भने यस घटना पैथजन नामक रोगले भएको हुन सक्ने आकलन गरेका छन्।
क्रिपी क्लाउन

अमेरिकाको एक प्रान्तको रुपमा रहेको अल्बेनीमा व्यक्तिहरुले धेरै क्रिपी क्लाउन (डरलाग्ने जोकर)लाई देखेको बताउने गरेका थिए। तर यस जोकर कहाँबाट आउने र कहाँ जान्छ भन्ने कसैलाई पनि थाहा छैन। तर अहिले सम्म यस विषयमा अनुसन्धान गर्दा पनि अहिले सम्म पत्ता लाग्न सकेको छैन।
मलेशियन एयरलांइसको उडान

मार्च २०१४मा मलेशियन एयरलांइसको फ्लाइट (एमएच ३७०) अचानक गायब भएको थियो। तर अहिले सम्म यस घटनाको तथ्य अनुसन्धान गर्दा पनि पत्ता लाग्न सकेको छैन। केहि व्यक्तिहरुको अनुसार उड़ान शुरु गरेको केहि समयमानै ट्राफिक कंट्रोलसँग सम्पर्क टुटेको थियो। उक्त प्लेनमा २३९ यात्रु रहेका थिए। प्लेनमा भएका सम्पूर्ण व्यक्ति प्लेनसँगै गायब भएका थिए।
कजाकिस्तानमा रहेको अजिव आकृतिहरु

कजाकिस्तानका तुरगई क्षेत्रमा रहेकी अजिव आकृतिहरुलाई धेरै रहस्यमय मानिने गरिन्छ। यस आकृति कसरी बन्यो भन्ने अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन। केहि व्यक्तिले भने एलियंससँग सम्बन्धित हुन सक्ने पनि बताउने गर्छन्। वैज्ञानिकहरु यस आकृति ८००० साल पहिलाको बताएका छन्।
डुंगामा भेटिएको लासहरु

२०१५ मा, जापानको उत्तरी पश्चिम क्षेत्रमा एक डुंगा भेटिएको थियो जसमा सडेका धेरै लासहरु मिलेका थिए। यस्तै पुराना ३० डुंगा भेटिएका थिए। तर अहिले सम्म यी डुंगाहरु कहाँबाट आयो भन्ने अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन।

