दिनभरको थकानको कारणले राति सुत्दा गोडा दुख्ने समस्या आउनसक्छ। यसको कारणले रात निन्द्रा पनि आउँदैन। यस्तो अवस्थामा यदि तपाईंले आफ्नो गोडामा तेल मालिस गरेर सुत्नु भयो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ। राति सुत्नु अघि गोडाको मालिस गरेर सुत्दा यस बाहेक अरु पनि थुप्रै लाभ हुन्छ। यसो गर्दा थुप्रै शारीरिक समस्याबाट राहत मिल्नेछ। तोरीको तेल गोडाको मालिस गर्नको लागि उत्तम मानिन्छ।
जब तपाईंले खुट्टाको तेल मालिश गर्नुहुन्छ, केही विशेष पोइन्टहरूमा प्रेसर पर्दछ, जसको कारणले खुट्टाको दुखाई कम हुन्छ। खुट्टाको साथै शरीर पनि स्वस्थ रहन्छ। आज हामी तपाईंलाई खुट्टाको मालिस गर्दा के-कस्ता फाइदा हुन्छन् भन्ने कुरा बताउँछौं..
आरामदायी निन्द्रा
राति सुत्नु अघि थोरै तेलले खुट्टा मालिस गर्नुहोस्। यसले शरीरमा रक्त संचार राम्रोसँग हुन्छ। राति आरामदायी निन्द्रा पनि आउँछ। खुट्टाको मालिस गर्नको लागि पहिला केहि मिनेटको लागि हातको औंठाले पैताला दबाउनुहोस्। त्यसपछि तोरी वा नरिवलको तेल लगाएर मालिस गर्नुहोस्।
रक्त संचार
दिनभरको भागदौडको कारण तपाईंको खुट्टामा ठिक प्रकारले रक्त संचार नहुन पनि सक्छ। यसको लागि राति सुत्नु अघि गोडामा तेल लागएर मालिस गर्नु निकै फाइदाजनक हुन्छ। यसले खुट्टाको छाला पनि मुलायम राख्न मद्दत गर्दछ।
डिप्रेसनबाट छुटकारा
यदि कोहि मानिस तनाव, डिप्रेसन जस्ता समस्याको सिकार छन् भने उनीहरुले खुट्टाको पैतालाका साथै खुट्टाको तेल मालिश गर्नु निकै लाभदायक हुन्छ। खुट्टा र हातमा तेल लगाएर दैनिक मालिस गर्नाले उदासीनता, चिन्ता र तनाव जस्ता समस्याबाट राहत पाउन सकिन्छ। यो दिनमा २ पटक दोहोर्याउनुहोस्। यसले तनाव कम गर्दछ।