नाकबाट पातलो पानी बग्ने एक आम समस्या हो। रोगसँग लड्ने अपरिपक्व प्रतिरक्षाको कारण साना बच्चाहरू छिटै फ्लू तथा संक्रमणको प्रभावमा पर्दछन्। तर कहिपय बच्चाहरुलाई डाक्टरको औषधिले पनि असर गर्दैन। यस्तो अवस्थामा केहि घरेलु उपायको प्रयोग गरेर बच्चाको नाकबाट पतलो पानी बग्ने समस्या दूर गर्न सकिन्छ।
बच्चाको नाकबाट पातलो पानी बग्नुको मुख्य कारण के हो त?
- यदि तपाईंको बच्चा रुघा-खोकी तथा चिसोबाट पीडित छ भने नाकबाट पातलो पानी बग्न सक्छ।
- यदि तपाईंको बच्चा फ्लूबाट पीडित छ भने उसलाई खोकी, चिसो लाग्ने, नाकबाट पातलो पानी बग्ने जस्ता समस्याबाट ग्रस्त हुनसक्छ।
- यदि तपाईंको बच्चालाई एलर्जी प्रतिक्रिया छ भने, उसलाई छाला चिलाउने, आँखाबाट पानी बग्नुका साथै नाकबाट पातलो पानी बग्ने जस्ता समस्या देखा पर्न सक्छ।
घरेलु उपाय:
अदुवा र मह
अदुवा र महको मिश्रण नाक बग्ने समस्याको उपचारको लागि उपयोगी मानिन्छ। अदुवाको एक टुक्रा पिसेर त्यसको रस निलाक्नुहोस्। त्यसपछि उक्त रसमा मह मिलाउनुहोस् र दुई दिनसम्म २ देखि ३ पटक उक्त मिश्रण बच्चालाई दिनुहोस्।
तोरीको तेल
बच्चाहरुको नाक बग्ने समस्याको लागि तोरीको तेल लाभदायक हुन्छ। त्यसको लागि तोरीको तेलमा हिंग,लसुन र अजवाइन मिलाएर तताउनुहोस् र उक्त तेलले बच्चाको पीठ र छातीको मालिस गर्नुहोस्। एक दुई पटक मालिस गरेपछि बच्चामा सुधार देख्न सक्नुहुनेछ।
नरिवलको तेल र कपूर
बच्चाको नाक बग्ने समस्याको लागि सबैभन्दा प्रभावकारी उपचार हो नरिवलको तेल र कपूर। नरिवलको तेलमा थोरै कपूर मिसाएर उक्त मिश्रणलाई तताउनुहोस्। त्यसपछि, वच्चाको गर्दन र पीठमा बिस्तारै लगाइदिनुहोस्।
दुध र जाइफल
नाकबाट पातलो पानी बग्ने समस्याको लागि दुध र जाइफल पनि एक प्रभावकारी घरेलु उपाय हो। यसको लागि, थोरै दुधमा एक चिम्टी जाइफलको पाउडर मिलाएर उक्त दुध उमाल्नुहोस्। त्यसपछि केहि समयको लागि दुध सेलाउन दिनुहोस्। केहि बेरपछि उक्त दुध बच्चालाई खुवाउनुहोस्। यसले तुरुन्तै असर देखाउन सुरु गर्छ।