भोलि देखि निषेधाज्ञा खुकुलो ! के-के खुल्छन् ?

काठमाडौँ – बिहिबारबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने भएको छ। बुधबार बसेको काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो।

बैठकले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्‍चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनका अनुसार बिहिबार देखि सबै प्रकारका व्यापार-व्यवसाय सशर्त सहित खुल्ने भएका छन्।

बुधबार बसेको बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको र गृह मन्त्रालयले पनि उक्त मोडालिटी स्वीकृत गरेको छ। परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको उनको भनाई छ। बिहिबार देखि काठमाडौं जिल्ला भित्र निजी तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमार्फत सञ्चालन हुनेछन्।

साथै दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ। यधपी होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्द नै रहनेछन्। उपत्यका छिर्ने नाकामा यसअघि झैँ कडाइ गरिनेछ। त्यसैगरी धेरै भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्।

प्रकाशित : बुधबार, भदौ २४, २०७७१२:४६

टोखामा कोरोना सङ्क्रमितको संख्या ३१८ !