सबैको प्रिय हुन्छन् यी दुई राशि, अरुको मनमा सजिलै डेरा जमाउँछन् !

काठमाडौँ । हिन्दु धर्ममा विश्वास गर्ने हर कोहीले राशीलाई विश्वास गर्ने गर्छन् । राशी अनुसार हरेक व्यक्तिको स्वभाव आचरण फरक फरक हुन्छ ।

एक मानवले गर्ने व्यवहार र अर्कोले मानवले गर्ने व्यवहार फरक हुनु स्वभाविक नै हो । यद्यपी आज हामी केही दुई राशीको बारेमा बताउन गइरहेका छौँ । जुन राशीसँग सबैको मन जित्न सक्ने क्षमता रहेको हुन्छ ।

सिंह राशि :

जिद्दी स्वभावको देखिने यी राशी भएका व्यक्तिहरु अरुको मनमा सजिलै राज गर्न सक्छन् । आफ्नो दुखलाई भन्दा अरुको दुखलाई विशेष प्राथमिकता दिने सिंह राशी भएका व्यक्तिहरु सबैको नजरमा छिट्टै बस्न सक्ने क्षमता भएको हुन्छ । अरुको दुखमा आफुसँग भएको हरचिज अर्पण गर्न सक्ने क्षमता भएकाले उनीहरुले सबैको मनमा राज गर्छन् ।

कुम्भ राशि :

यो राशी भएका व्यक्तिहरु साधारण र सिधा हुने गर्छन् । अरुको मन दुखाउन नचाहने भएकाले उनीहरुलाई सबैले मन पराउँछन् । अरुको नराम्रो देख्न नसक्ने हुँदा जस्तोसुकै हालतमा पनि सहयोग गर्न चाहन्छन् । त्यसकारण उनीहरु सबैको मनमा राज गर्न सफल हुन्छन् ।

प्रकाशित : आइतबार, साउन १२, २०७६१०:४३

यी ३ राशि भएका पुरुष पाउन मरिहत्ते गर्छन् युवतीहरु !