जाडोको समयमा मानिस प्राय: च्यवन्प्रासको सेवन गर्छन्। यसको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ। च्यवन्प्रास थुप्रै औषधिहरुको मिश्रण हो। यसमा रहेका औषधीय गुणले धेरै प्रकारका संक्रमण र रोगहरूबाट रक्षा गर्दछ।
अहिलेको समयमा कोरोना भाइरसले संसारभर नै त्रास फैलाएको छ। विशेषज्ञका अनुसार कोरोना भाइरसबाट बच्नको लागि हाम्रो शरीरको प्रतिरोध क्षमता बलियो हुन निकै महत्त्वपूर्ण छ। कोरोना अवधिमा च्यवन्प्रास सेवन गर्नु हाम्रो लागि लाभदायक हुन सक्छ। च्यवन्प्रासले हाम्रो शरीरको रोग प्रतिरोध क्षमता बढाउँदै रोगहरु र भाइरसहरुसंग लड्नको लागि हाम्रो शरीरलाई मजबूत बनाउँछ। यस्तोमा जान्नुहोस् कि कसरी च्यवन्प्रास कोरोनासंग लड्नको लागि फाइदाजनक हुन्छ…
श्वास-प्रश्वास सम्बन्धि समस्या
च्यवन्प्रासमा कम्तिमा पनि ३६ जडिबुटीको प्रयोग गरिन्छ। अमला जस्ता यसमा प्रयोग गरिने आयुर्वेदिक औषधीले हाम्रो प्रतिरोध क्षमता बढाउँछ। अमलामा हुने भिटामिन सीले हाम्रो प्रतिरोधक क्षमता बढाउँछ, जसले हाम्रो शरीरलाई रोग र भाइरसहरूबाट बचाउन मद्दत गर्दछ। डाक्टरहरूको अनुसार कोरोना भाइरसले फोक्सोमा सबैभन्दा असर गर्छ। च्यवन्प्रासले श्वासप्रणाली सम्बन्धि संक्रमण रोक्छ र फोक्सोको कार्य प्रणालीमा सुधार ल्याउँछ। त्यसैले गर्दा च्यवन्प्रासको उपयोग कोराणा विरुद्ध रक्षा गर्न लाभदायक हुन सक्छ।
इम्युनिटी सिस्टम
च्यवनप्रास आयुर्वेदिक औषधिहरूको पूर्ण मिश्रण हो। यसमा पाइने आयुर्वेदिक औषधिहरूमा एन्टिअक्सीडेन्टहरू पाइन्छन्, जुन स्वास्थ्यको लागि धेरै लाभकारी हुन्छन्। यसको सेवनले शरीरको प्रतिरक्षा प्रणाली मजबूत हुन्छ, जसले तपाईंलाई कुनै भाइरससँग लड्न मद्दत गर्दछ। त्यसैले, कोरोना कालमा च्यवनप्रासको सेवनले तपाईंको प्रतिरक्षा मजबूत बनाउँछ र कोरोनाबाट बच्न मद्दत गर्दछ।
ज्वरो तथा रुघा-खोकी
कोरोनाका सामान्य लक्षणहरूमा रुघा खोकी लाग्नु, ज्वरो आउनु, यस्ता लक्षण देखिन सक्छन्। त्यस पछि यो भाइरसले प्रत्यक्ष रूपमा हाम्रो फोक्सोमा असर गर्छ। रुघा-खोकी तथा ज्वारीबाट पीडित व्यक्तिहरूमा गरिएको अध्ययन अनुसार च्यवनप्रासको सेवन गर्दा शरीरले कुनै पनि किसिमको संक्रमणको सामना गर्न सक्छ। यसमा समावेश पौष्टिक तत्त्वहरूले शरीर भित्रबाट नै बलियो बनाउँछ।