एजेन्सी – चीनले आफ्ना लाख भन्दा बढी नागरिकलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएको छ। चीनको भ्याक्सिन निर्माता कम्पनी चाइना नेशनल बायोटिक ग्रुपले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप १ लाख भन्दा बढी चिनियाँ नागरिकमा लगाइएको हो।
चिनियाँ संचार माध्यमहरुले जनाएअनुसार कोरोना भ्याक्सिन लगाएका एक लाखभन्दा बढीमा कुनै पनि साइड इफेक्ट देखिएको छैन। खोप निर्माण कम्पनिले खोप सुरक्षित रहेको दावी गरेको चिनियाँ संचार माध्यमहरु बताउँछन्।
अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले निर्माण गरेको कोरोनाभाइरसको खोप परीक्षण रोकिएका बेला चीनले आफ्नो खोप सफल भइरहेको खबर सार्वजनिक गराएको हो।
खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै अस्ट्राजेनिकाले सम्पूर्ण परीक्षण कार्य स्थगन गरेको थियो।
अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको कम्पनीको खोप परीक्षण रोकिएका बेला चीनको खोप सफल भइरहेको विषयलाई महत्वपूर्णसाथ हेरिएको छ । चीनका एक स्वास्थ्य विज्ञले चीनका हेल्थ विज्ञले चिनियाँ खोपको सफलताले पश्चिमी देशहरुलाई ठुलो जवाफ दिएको बताएका छन्।
“कोरोनाविरुद्ध बनाइएको चिनियाँ भ्याक्सिन सुरक्षित छ भनेर चीनले फेरि पनि प्रमाणित गरेको छ । यो चिनियाँ भ्याक्सिनको गुण र सुरक्षालाई लिएर प्रश्न उठाउने धेरै पश्चिमी देशहरुलाई ठुलो जबाफ पनि हो ।”,उनले भने।