गएराति भएको प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता लिभरपुलले लिड्समाथि संघर्षपूर्ण जित निकाल्दा मोहम्मद सलाहले एक अनौठो किर्तिमान बनाएका छन्। उक्त किर्तिमान यस अघि म्यानचेस्टर लेजेण्ड वाइन रुनीको नाममा थियो।
यसै सिजन मात्र प्रिमियर लिगमा बढुवा भएको टिम लिड्स विरुद्ध ४-३ को रोमान्चक जित निकाल्ने क्रममा सलाहले व्यक्तिगत रुपमा ह्याट्रिक गरे। खेलको चौंथो मिनेटमा नै पेनाल्टी मार्फत गोल गरेका सलाहले ३३ औं मिनेटमा लिभरपुलको लागि तेस्रो गोल गर्दा ८८ औं मिनेटमा पेनाल्टी मार्फत नै उनले विजयी गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए। लिभरपुलको लागि भर्जिल भान डाइकले एक गोल गरे। त्यस्तै लिड्सको लागि भने प्याट्रिक ब्याम्फर्ट, ज्याक ह्यारिसन र मेटुज क्लीचले गोल गरेका थिए।
35 – Liverpool have now won each of the last 35 @premierleague games in which Mo Salah has scored – he has overtaken Wayne Rooney's competition record of 34 consecutive wins when scoring from September 2008 to February 2011. King. pic.twitter.com/7wkA9Dmywz
— OptaJoe (@OptaJoe) September 12, 2020
यससँगै सलाहले एक अनौठो किर्तिमान बनाएका छन्। उनले गोल गरेका पछिल्लो ३५ लिग खेलमा लिभरपुलले सबैमा जित हासिल गर्न सफल भएको छ। यो रेकर्ड यसअघि वाइन रुनीको नाममा थियो।
1988 – Mohamed Salah is the first @LFC player to score a hat-trick on MD1 of a league season since John Aldridge against Charlton in 1988-89. Magic. pic.twitter.com/pI1YzYcywf
— OptaJoe (@OptaJoe) September 12, 2020
त्यस्तै, सलाह सन् १९८८ पछि लिभरपुलको लागि लिगको पहिलो चरणकै खेलमा ह्याट्रिक गर्ने पहिलो खेलाडि पनि बनेका छन्। यसअघि १९८८-८९ सिजनको पहिलो खेलमा चर्ल्टन विरुद्धको खेलमा जोन अल्ड्रिजले ह्याट्रिक गरेका थिए।