आज उपत्यकामा ५ सय बढी संक्रमित, देशभर हजार भन्दा बढी ! कुन जिल्लामा कति ? [विवरण सहित]

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५४ हजार १५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । जससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ४ सय भन्दा बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५ सय ९७ जना संक्रमित फेला परेका छन्। जस मध्ये ४ सय ८३ जना काठमाडौँमा भेटिएका हुन् भने ललितपुर र भक्तपुरमा क्रमश ३३ र ८१ जना फेला परेका हुन्।

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –

प्रकाशित : आइतबार, भदौ २८, २०७७१०:५८

गोरखामा चार कुकुर मिलेर चितुवा मारे !