बाबु बने आर्यन : एकै दिन जुर्यो २ विशेष अवसर !

काठमाडौँ, नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल बाबु बनेका छन् । विवाह गरेकै दिन आर्यन र उनकी धर्मपत्नी सपना भण्डारीलाइ पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको छ ।

शुक्रबार दिउँसो १२ बजे राजधानीको चिरायु अस्पतालमा  सपनाले छोरालाई जन्म दिएकी हुन्। आज अभिनेता आर्यन र सपनाको लागी आज २ विशेष अवसर परेको छ।

आज आर्यन र सपनाको  चौथो वैवाहिक वार्षिकोत्सव समेत समेत रहेको छ । आर्यनले करिब  ४ वर्ष (२०७४ साल बैशाख ६ गते) अगाडी सपना भण्डारीसँग विवाह गरेका थिए ।

आर्यन र सपनाले  करिब ४ बर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सपना विवाह अगाडी अभिनेता आर्यनकी फ्यान थिइन् ।  त्यसपछि उनि आर्यनकी प्रेमिका, श्रीमती हुदै अहिले आमा  बनेकी  छिन् ।

प्रकाशित : शुक्रबार, बैशाख ०६, २०७६०८:५०

भोलि वैशाख ८ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !