स्वास्थ्यको लागि आलु र सखरखण्डमा कुन बढी फाइदाजानक ?

आलुलाई तरकारीहरुको राजा भनिन्छ। हामी प्राय: हरेक तरकारीमा आलु मिसाउने गर्छौं। यो स्वादिष्ट हुनुको साथै लाभदायक पनि छ। सखरखण्ड पनि यस्तै हो। यो पनि स्वादिष्टका साथै निकै स्वास्थ्यवर्धक हुन्छ। आलुमा पोटाशियमको साथै फाइबर पनि प्रचुर मात्रमा हुन्छ। त्यस्तै, सखरखण्डमा बीटा क्यारोटीन नामक एन्टी-अक्सीडेन्टको मात्रा आलुमा भन्दा बढी हुन्छ। बीटा क्यारोटीन स्वास्थ्यको लागि लाभकारी हुन्छ।

पोषक तत्व 

प्रोटिन: सखरखण्ड- १.३ ग्राम, आलु- १.९ ग्राम

भिटामिन सी: सखरखण्ड र आलु दुबैमा १२.१ ग्राम

क्यालोरी: सखरखण्ड- १०८, आलु- १२५ क्यालोरी

कार्बोहाइड्रेड: सखरखण्ड- १६.८, आलु- २०.४

फाइबर: सखरखण्ड- २.४ ग्राम, आलु- १.४ ग्राम

पोटाशियम: सखरखण्ड- ३७२ मिलीग्राम, आलु- २१९ मिलीग्राम

सुगर: सखाखण्ड र आलु दुबैमा ५.५ ग्राम

मधुमेहको लागि हुन्छ त फाइदाजनक? 

मधुमेहको बिरामीको लागि आलु र सखरखण्ड दुबै हानिकारक हुन्छ तर निकै कम मात्रमा भने सेवन गर्न सकिन्छ। मधुमेहको रोगीले सखरखण्ड त बिल्कुल नै सेवन गर्नु हुँदैन। आलु पनि एकदम कम मात्रामा मात्र सेवन गर्नुपर्छ। यी चिजको सेवन गर्नु अघि स्वास्थ्य विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ।

वजन कम गर्न मद्दत्गार हुन्छ त?

वैज्ञानिकहरूका अनुसार पनि आलुले वजन घटाउन मद्दत गर्नुका साथै स्वास्थ्यको लागि पनि निकै लाभदायक छ। त्यस्तै, सखरखण्ड पनि वजन कम गर्न सहयोगी हुन्छ। वास्तवमा, यसमा क्यालोरीको थोरै मात्रामा पाइन्छ र पानीको मात्रा धेरै हुन्छ जसले तौल घटाउन सहयोग गर्छ।

के खानु धेरै फाइदाजानक त?

यदि पत्थरीका बिरामीले आलु खाएर पर्याप्त मात्रामा पानी पिउने हो भने पत्थरी सजिलैसँग निस्किन्छ। त्यस्तै, सखरखण्डमा बीटा क्यारोटीन र भिटामिन ए उच्च मात्रामा पाइन्छन्। यो क्यारोटीनोइडले रगतमा चिनीको स्तर नियन्त्रण गर्नुक साथै हृदय रोगको लागि पनि लाभदायक हुन्छ।

१०० ग्राम सखरखण्डमा ४०० प्रतिशत भन्दा बढी भिटामिन ए हुन्छ। यसमा आइरन, फोलेट, कप्पर, म्याग्नेशियम जस्ता तत्व हुन्छन् जसले हाम्रो प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ।

सखरखण्डको सेवनले छालामा चमक आउँछ र अनुहारका चाउरी हट्छ जबकि आलुले शरीरको हड्डीहरूलाई बलियो बनाउँछ।

प्रकाशित : सोमबार, भदौ २९, २०७७१३:३१

करेला खान जाने अमृत खान नजाने विष ! थाह पाउनुहोस फाइदा-बेफाईदा !