आज कुन देशको मुद्राको मूल्य कति छ ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकले टोकेको विनिमय दर !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ २७ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ८७ पैसा तोकेको छ। अमेरिकी डलरको विनिमय दर सोमबार भन्दा केहि कम हो। नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ३६ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ९६ पैसा तोकेको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा र विक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ। सोमबारको तुलनामा यो थोरै गिरावट हो।

अन्य देशको मुद्राको विनिमय दर पनि आज घटबढ भएको छ। नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– कतारी रियाल एकको खरिददर ३२  रुपैयाँ २० पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३१  रुपैयाँ ९३ पैसा र विक्रिदर ३२ रुपैयाँ ०९ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४५ पैसा।

– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र विक्रिदर ९ रुपैयाँ ९७ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८३ रुपैयाँ २९ पैसा र विक्रिदर ३ सय ८५ रुपैयाँ २५ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ०१ पैसा र विक्रिदर ३ सय १२ रुपैयाँ ६१ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७०५:००

फेरी लगातार उकालो लाग्दै सुनको मूल्य, आज पनि बढ्यो ! कति ? [मूल्य सहित]