एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र स्टार खेलाडी गेराथ बेलबीचको चिसो सम्बन्धका कारण त्यसको असर क्लबमा पर्दै आएको छ । यद्दपी, बेललाई कम प्रयोग गर्नका बाबजुद रियल गत सिजन ला लिगा उपाधि जित्न सफल भएको थियो ।
बेलको रियलसँगको सम्झोता अझै २ वर्ष बाँकी छ । तर, यो सिजन पनि उनले धेरै मौका पाउने सम्भावना भने देखिएको छैन । ला लिगा सुरु भइसक्दा पनि रियलमा बेलको चर्चा कमै भइरहेको छ । उनी धेरै तिर छाँयामा परेका छन् । जिदान र उनको बीचको असमझदारी हल भएन भने यो सिजन पनि उनले खेल्न पाउने सम्भावना कम देखिन्छ ।
योबीचमा, म्यानचेस्टर युनाइटेड र उनको पूर्व क्लब टोटेनहमले पनि बेलमाथि चासो देखाइराखेका छन् । तर, रियल उनलाई बिक्री गर्ने वा क्लबमै राख्ने निर्णयमा भने पुगिसकेको छैन । वेल्सका लागि अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्दै बेल पाँच दिन अघि क्लब फर्केका थिए । घुँडामा समस्या रहेको भन्दै उनी पूर्ण प्रशिक्षणमा पनि सामेल भएका छैनन् ।
स्पेन गएदेखि नै ३१ वर्षे बेल किनारामा नै छन् । जिदानको प्रशिक्षणमा उनी सामेल भएका छछैनन् । क्लबले उनका स्वास्थ्य अवस्था जानकारी पनि दिएको छैन । क्लबको व्यवसायिक प्रयोजनमा पनि बेल प्रयोग भएका छैनन् । लुका मोड्रिचको १० नं जर्सी, मार्सेलोको १२ नंं जर्सी विक्रीमा राखिएपनि बेलको जर्सी प्रदर्शनमा राखिएको छैन ।
रियलको नयाँ किटको प्रचारका लागि करिम बेन्जेमा, मार्सेलो, सर्जियो रामोस र मार्को एसेन्सियोलाई प्रयोग गरिउको छ । तर त्यसमा बेलको प्रयोग भएको छैन । अन्य ठाँउमा पनि उनको प्रयोग भएको छैन । क्लबले प्रशिक्षणको नियमित तस्बिरहरु राख्दा पनि बेललाई उपेक्षा गरिएको छ । क्लबले बेलले नचाहेपनि क्लब छोड्न बाध्य बनाउने वातावरण सिर्जना गरेको आरोप लागेको छ ।