मंगलबार अहिले सम्मकै बढी संक्रमित भेटिए ! कुन जिल्लामा कति ? [विवरण सहित]

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५६ हजार नाघेको छ । आजसम्म ५६ हजार ७ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबारको पुष्टि अहिले सम्मकै उच्च हो। यस भन्दा अगाडी शुक्रबार अहिले सम्मकै बढी १ हजार ४ सय ५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ। अब नेपालमा १५ हजार ७ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सोमबारको तुलनामा नयाँ संक्रमित केही बढे पनि आज मृतकको संख्या घटेको छ। सोमबार देशभर एक हजार १७० जना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो। यधपी आज भने ११ जनाको ज्यान गएको छ।

उपत्यकामा ६ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मंगलबार थप ६ सय ७६ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति ?

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७११:१०

सरिता गिरीले भनिन् – ‘कुलमान बिदा त भए, तर अर्बौं भ्रष्टाचारको जवाफ कसले दिन्छ?’