‘मेरो सक्रियताका स्रोत नेपाली जनता हुन्’

काठमाडौं,  नेपाल विद्युत् प्राधिकरणबाट विदा लिनु भएका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकालमा भएको सामूहिक प्रयासले प्राधिकरणको गरिमा उच्च बनेको बताउनु भएको छ । प्राधिकरण परिसरमा आयोजित उहाँको विदाई समारोहलाई सम्बोधन गर्दै घिसिङले जनताको प्रेरणा नै आफ्नो सक्रियताको स्रोत भएको बताउनु भयो । प्राधिकरण नेतृत्वमा पुनः आउने वा नआउने बहस जनचासो बढिरहेका बेला उहाँले नेतृत्वको निरन्तरता वा परिवर्तन स्वाभाविक प्रक्रिया रहेको टिप्पणी गर्दै यसलाई सबैले आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

घिसिङले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुनु पहिले र कार्यकाल सम्पन्न हुँदा समयको तुलनात्मक विश्लेषण गर्दै संस्था बलियो र गर्व गर्न लायक बनेको वताउनु भएको थियो । घिसिङले प्राधिकरणको सफलता र प्रगतिको कारक आफूमात्र नभएर आम जनताको विश्वासदेखि आफ्ना कार्यकालका तीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीसम्मको योगदान रहेको उल्लेख गर्नुभयो ।

आफ्ना कर्मचारीको इच्छाशक्ति, उच्च मनोबल र सक्रियताको सस्मरण गर्दै घिसिङले यस्तै जोस जाँगर र सक्रियतासाथ काम गरे प्राधिकरणको भविष्य अझै उज्वल हुँदै जाने उल्लेख गर्नुभयो । घिसिङले ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३÷७४मा ८८.१९, आव ०७४÷७५मा ८७.९८, आव ०७५÷७६ मा ८६.८२ र आव २०७६÷७७ मा ८७.५५ प्रतिशत प्राप्त भएको उल्लेख गर्नु भयो ।

घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्री परिष्दले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०३:२५

कोरोना परीक्षणबाट पछि हट्यो सरकार, लक्षणरहितको परीक्षण नगर्ने विवादास्पद निर्णय !