आज सबै देशको मुद्राको मूल्य बढ्यो ! कुन देशको कति ? हेर्नुहोस् आजको विनिमय दर !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ५४ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ १४ पैसा तोकेको छ। अमेरिकी डलरको विनिमय दर मंगलबारको तुलनामा केहि बढेको हो। सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ २७ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ८७ पैसा तोकेको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा र विक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ। सोमबारको तुलनामा यो थोरै वृद्धि हो।

अन्य देशको मुद्राको विनिमय दर पनि आज घटबढ भएको छ। नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– कतारी रियाल एकको खरिददर ३२  रुपैयाँ २८ पैसा र विक्रिदर ३२ रुपैयाँ ४४ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ र विक्रिदर ३२ रुपैयाँ १६ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा।

– कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८४ रुपैयाँ ५६ पैसा र विक्रिदर ३ सय ८६ रुपैयाँ ५२ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ६९ पैसा र विक्रिदर ३ सय १३ रुपैयाँ २९ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०४:४९

आज सबै देशको मुद्राको मूल्य बढ्यो ! कुन देशको कति ? हेर्नुहोस् आजको विनिमय दर !